काठमाडौं– भारतीय लोकसभा निर्वाचन ११ अप्रिलदेखि १९ मेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनमा भाग लिने पार्टीहरूले आफ्नो उम्मेदवारी दर्ता गराउनु पर्नेछ।
लोकसभा निर्वाचनको मत परिणाम भने २३ मेदेखि सुरु हुनेछ। निर्वाचन आयोगले आजैदेखि निर्वाचन क्षेत्रहरूमा आचारसंहिता लागू भएको घोषणासमेत गरेको छ।
निर्वाचन संहिता उल्लंघन गरेमा उम्मेदवारी खारेजीसम्मको कारबाही हुने चेतावनी आयोगले दिएको छ। १७औं लोकसभा निर्वाचनका लागि ९० करोड मतदाताले भोट हाल्ने छन्।
१८ देखि १९ वर्षका डेढ करोड नयाँ मतदाताले यो निर्वाचनमा भाग लिने आयोगको अनुमान छ।
मुख्य निर्वाचन आयुक्तकाअनुसार ८ करोड ४३ लाख नयाँ मतदाताले यस निर्वाचनबाट आफ्नो मताधिकारको प्रयोग गर्नेछन्।
१० लाख मतदान स्थलमा भोटिङ हुनेछ। २०१४ मार्च ५मा भएको मतदान ९ चरणमा भएको थियो। अप्रिल ७ मा सुरु भएको चुनाव १२ मईमा सकिएको थियो। १६ मईमा नतिजा घोषणा गरिएको थियो।
जसमा भारतीय जनता पार्टीले बहुमत ल्याएको थियो। भाजपाले २ सय ८२ सिटमा जित हात पार्दै सरकार निर्माण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।