• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राष्ट्रिय सुरक्षा नीति : \'गुप्तचरी निकायलाई बलियो बनाऊ\'

64x64
नेपाल लाइभ आइतबार, फागुन २६, २०७५  १४:२६
1140x725

काठमाडौं– परिमार्जित राष्ट्रिय सुरक्षा नीतिले गुप्तचरी निकायलाई बलियो पार्न सिफारिस गरेको पाइएको छ।

रक्षा मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय सुरक्षा नीति, २०७५’ ले राजनीतिक आडमा हुने अपराध, कमजोर अर्थतन्त्र, परनिर्भरता, विखण्डनवादी समूहको गतिविधि आदिको सूक्ष्म विश्लेषण गर्ने गुप्तचरी निकायलाई बलियो बनाउनुपर्ने सिफारिस गरेको हो।

‘राष्ट्रिय सुरक्षा नीति, २०७३’ लाई परिमार्जन गर्न ६ महिनाअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलकाे संयोजकत्वमा बनाइएको समितिले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त नीतिको मस्यौदा बुझाएको थियो।

समितिका अन्य सदस्यमा पूर्व महान्यायाधीवक्ता हरि फुयाँल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, राष्ट्रपतिका सामाजिक तथा राष्ट्रिय सल्लाहकार लालबाबु यादव, पूर्व सैनिक अधिकारीहरु बालानन्द शर्मा, पूर्ण सिलवाल र देवेन्द्रबहादुर मेधासी सदस्य थिए भने प्रधानसेनापति, रक्षा सचिव र गृह सचिवहरु आमन्त्रित सदस्यका रुपमा थिए।

नेपालको मुख्य गुप्तचर निकायको रुपमा राष्ट्रिय अनुसन्धान विभाग रहेको छ। पहिले गृह मन्त्रालय मातहत रहेको विभाग अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको छ।

त्यस्तै, नेपाली सेनाको पनि आफ्नो छुट्टै गुप्तचर निकाय छ। सेनाको गुप्तचर विभागले आफ्नै तरिकाले देशको आन्तरिक र बाह्य चुनौतीसम्बन्धी सूचनाको संकलन र विश्लेषण गर्ने गरेको छ।

शक्ति सम्पन्न एवम् विकासशील राष्ट्रहरुले गुप्तचरी सूचना संकलन र अध्ययनमा निकै जोड दिने गरेका छन्। त्यसका लागि बलिया गुप्तचर निकाय बनाउने र धेरै स्रोतसाधन समेत त्यसकै लागि खर्च गर्ने गरेका छन्।

समितिले बुझाएको मस्यौदामा नाकाबन्दीलाई नेपालको मुख्य सुरक्षा खतराको रुपमा औंल्याउँदै त्यसलाई रोक्न अबलम्बन गर्नुपर्ने सुझाव पनि सिफारिस गरेको छ। त्यससँगै बाह्य हस्तक्षेप र चलखेल, खुला अन्तर्राष्ट्रिय सिमाना, इन्धन र ऊर्जा संकट र गैरसरकारी निकायका क्रियाकलापलाई पनि प्रमुख सुरक्षा चुनौती र खतराका रुपमा औंल्याइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सिइए (केन्द्रीय गुप्तचर निकाय) अमेरीकाको प्रमुख गुप्तचर निकाय हो। छिमेकी चीनको मुख्य गुप्तचर निकायको काम एमएसएस (राज्य सुरक्षा मन्त्रालय)ले गर्ने गरेको छ भने भारतमा मुख्य गुप्तचर निकायका रुपमा ‘र’ (रिर्सच एन्ड एनालाइसिस विंग)ले कार्यसम्पादन गर्ने गरेकाे छ। त्यस्तै, पाकिस्तानको चुप्तचर निकाय आइएसआई (अन्तर सेवा गुप्तचर) हो।

समितिका सदस्यसमेत रहेका प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहाकार राजन भट्टराईले पनि गुप्तचर निकायलाई बलियो पार्न सिफारिस गरेको बताए। ‘कुन–कुन संरचना कसरी भन्ने कुराहरु रणनीतिक विषयभित्रका कुरा हुन्,’ भट्टराईले नेपाल लाइभसँग भने, ‘त्यो समग्र नीतिअन्तर्गत नै हामीले गुप्तचर निकायलाई पनि बलियो बनाउन सुझाव दिएका छौं।’

नाकाबन्दीे मुख्य सुरक्षा खतरा

समितिले बुझाएको मस्यौदामा नाकाबन्दीलाई नेपालको मुख्य सुरक्षा खतराको रुपमा औंल्याउँदै त्यसलाई रोक्न अबलम्बन गर्नुपर्ने सुझाव पनि सिफारिस गरेको छ। त्यससँगै बाह्य हस्तक्षेप र चलखेल, खुला अन्तर्राष्ट्रिय सिमाना, इन्धन र ऊर्जा संकट र गैरसरकारी निकायका क्रियाकलापलाई पनि प्रमुख सुरक्षा चुनौती र खतराका रुपमा औंल्याइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

७ वर्ष लामो प्रयासपछि तत्कालीन रक्षामन्त्री भीम रावलको नेतृत्वमा तत्कालीन बदलिँदो परिस्थितिमा नेपालको ‘राष्ट्रिय सुरक्षा नीति, २०७३’ तयार भई सरकारले पारित गरेको थियो।

पछिल्लो समय भारतले २०७२ मा नेपालमाथि अघोषित रुपमा नाकाबन्दी लगाएको थियो। यस अघि २०४५ र २०२७ सालमा समेत नेपालले भारतकाे नाकाबन्दी व्यहाेरेकाे थियाे।

समिति सदस्य भट्टराईले राष्ट्रिय सुक्षालाई चुनौती दिने प्रमुख विषय र त्यसलाई निदान गर्ने उपाय पछिल्लो मस्यौदामा उल्लेख गरेको बताए।

‘राष्ट्रिय सुरक्षालाई चुनौती दिने अहिलेका विषयहरु के–के हुन् भन्ने कुरालाई ध्यान दिएका छौं,’ उनले भने, ‘राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने कुराको निदान के विषयबाट गर्न सकिन्छ भन्ने कुरालाई पनि उल्लेख गरेका छौं।’

उनले आफूहरुले सिफारिस गरेका विषय कार्यान्वयन गर्दै गए राष्ट्र बलियो बन्ने विश्वाससमेत व्यक्त गरे।

क्षेत्रगत विज्ञहरू सम्मिलित टोलीले राष्ट्रिय सुरक्षा नीतिमा ‘प्रतिरक्षा नीति’ समेत बनाएको छ। प्रतिरक्षा नीति भने गोप्य राखिन्छ। राष्ट्रिय सुरक्षा नीति सुरक्षा परिषद्को बैठकले पारित गरेपछि मन्त्रिपरिषद्‍मा पेस हुनेछ। मन्त्रिपरिषद्ले त्यसलाई पारित गरेपछि मात्रै बाहिर ल्याइनेछ।

यसअघि राष्ट्रिय सुरक्षा नीति नबनेको चाहिँ होइन। २०४२ सालमै तत्कालीन सरकारले ‘राष्ट्रिय मूल नीति, २०४२’ ल्याएको थियो। त्यसको एउटा अनुच्छेदमा ‘प्रतिरक्षा नीति’बारे उल्लेख गरिएको थियो।

गत असोज १ गते प्रधानमन्त्री अध्यक्ष भएको राष्ट्रिय सुरक्षा परिषद्‍को बैठकले ‘राष्ट्रिय सुरक्षा नीति, २०७३’ परिमार्जन गर्ने निर्णय गरेको थियो। त्यसैअनुसार परिर्माजनका लागि ७ सदस्यीय समिति बनाइएको थियो।

सुरक्षा नीति निर्माणको विगत

नेपालमा औपचारिक रुपमा पहिलो पटक २०६३ सालमा राष्ट्रिय सुरक्षा नीति बनाइएको थियाे। ७ वर्ष लामो प्रयासपछि तत्कालीन रक्षामन्त्री भीम रावलको नेतृत्वमा तत्कालीन बदलिँदो परिस्थितिमा नेपालको ‘राष्ट्रिय सुरक्षा नीति, २०७३’ तयार भई सरकारले पारित गरेको थियो। त्यसमा देश सञ्चालन के कुरामा केन्द्रित भई अघि बढ्नुपर्छ भन्ने विषय समेटिएको थियो।

तर, यसअघि राष्ट्रिय सुरक्षा नीति नबनेको चाहिँ होइन। २०४२ सालमै तत्कालीन सरकारले ‘राष्ट्रिय मूल नीति, २०४२’ ल्याएको थियो। त्यसको एउटा अनुच्छेदमा ‘प्रतिरक्षा नीति’बारे उल्लेख गरिएको थियो।

यसमा बाहिरी आक्रमणको समेत सामना गर्न देशलाई समार्थ्यवान बनाउने, आफ्नो भू–भाग कब्जा गर्न शत्रु पक्षलाई नदिने र मनोवैज्ञानिक तथा वैचारिक अतिक्रमणको मुकाबिला गर्ने लगायत उल्लेख गरिएको थियो।

यसैगरी, सीमावर्ती गाउँहरूमा खास रूपमा ध्यान पुर्‍याउने अन्तर्राष्ट्रिय  सिमाना भएका जिल्लाहरूका प्रशासकीय दक्षतामा जोड दिने, सुरक्षा र देशको सार्वभौमिकता कायम गर्न आवश्यक पर्ने सूचना र निर्णयलाई लिपिबद्ध गर्ने लगायतका विषय उल्लेख गरिएको थियो।

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  १४:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्