• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मधुमेह र मृगौला रोग

64x64
नेपाल लाइभ सोमबार, फागुन २७, २०७५  ०७:०१
1140x725

मधुमेह भनेको शरीरमा चिनीको मात्रा बढ्नु हो । रगतमा चिनीको मात्रा बढेर पिसाबमा पनि चिनी नै जाने भएकाले मधुमेह भनिएको हो । मधुमेह इन्सुलिनको अभाव वा इन्सुलिनले काम गर्न नसक्दा हुन्छ । इन्सुलिनले रगतको ग्लुकोजलाई उर्जाको रुपमा प्रयोग गर्नको लागि सहयोग गर्दछ । साथै बढी भएको ग्लूकोजलाई ग्लाइकोजनमा परिणतगरी संचय गर्दछ । यसरी जब इन्सुलिनको कमी हुन्छ तब शरीरले ग्लुकोजलाई प्रयोग गर्न र ग्लाइकोजनको रुपमा संचय पनि गर्न नसक्ने हुँदा रगतमा ग्लुकोजको मात्रा अनावश्यक बढ्न जान्छ ।

 मधुमेह दुई प्रकारका हुन्छन् । प्रथम प्रकार ‘एक’ मधुमेह शरीरमा इन्सुलिन हर्मोनको उत्पादन कत्ति पनि नभएर हुन्छ । प्रकार ‘एक’ मधुमेह साधारणतया बच्चामा बढी देखिन्छ । जसमा बाच्नको लागि इन्सुलिन इन्जेक्सन दिनै पर्ने हुन्छ । प्रकार ‘दुई’ मधुमेह शरीरमा इन्सुलिनले राम्रोसँग काम गर्न नपाएर हुन्छ । जुन मोटोपन, यूरीक एसिड, कोलेस्टेरोल, फ्याटि लिभर जस्ता समस्यासँग आउने गर्दछ । यस्ता बिरामीकोे सुरुको अवस्थामा खाने चक्की औषधिहरुले काम गर्छ । तर कालान्तरमा गएर उक्त बिरामीलाई इन्सुलिन इन्जेक्सन दिनुपर्ने हुन्छ ।

एक पटक मधुमेह भैसकेपछि यसले प्रमुख अंगहरुमा असर गर्ने हुन्छ । जसलाई हामी दुई प्रकारको भन्छौं, म्याक्रोभास्कुलर र माइक्रोभास्कुलर । म्याक्रोभास्कुलर भनेको शरीरका रगतको ठूला नशाहरुमा मधुमेहले गर्ने असरले हुन्छ । ती मध्ये प्रमुख असर मुटुमा गर्छ । त्यसैगरी हातखुट्टाको रक्तसंचार गर्ने धमनीहरु र दिमागमा पनि असर गर्छ ।

 माइक्रोभास्कुलरमा शरीरका साना साना रगतका नशाहरूमा गर्ने असर हुन्छ । यसमा प्रमुख असर गर्ने अंग मिर्गौला हो भने दोस्रो अंगमा आँखाको पछाडिको पर्दा रेटिना र तेस्रोमा रगत सप्लाइ गर्ने ससाना नशाहरुलाई असर गर्छ । जसलाई डायबेटिक न्यूरोप्याथी भनिन्छ । त्यसकारण डायबिटिक रेटिनोप्याथी, डायबिटिक नेफ्रोप्याथी र डायबिटिक न्यूरोप्याथिहरु मधुमेहका माइक्रोभास्कुलर जटिलताहरु हुन् । मधुमेह भएका सबै व्यक्तिमा यो जटिलता आउनै पर्छ भन्ने छैन । तर प्रकार ‘दुई’ मधुमेह भएका कम्तीमा ४० प्रतिशत सम्म बिरामीलाई नेफ्रोप्याथी हुने खतरा रहन्छ र संसारभरी मृगौला फेल हुने प्रमुख कारण यही मधुमेह नै हो ।

 लक्षण देखापरेपछि उपचार गर्न खोजियो भने उपचार गर्न सकिदैन । त्यसैले सुरुको अवस्थामा रोग पत्तालगाई उपचार गर्नुपर्छ । सामान्यरुपमा मधुमेह भएको १०–१५ वर्षपछि यो समस्या देखिन थाल्छ । सामान्य मानिसमा मधुमेह मात्र छ तर उच्च रक्तचाप छैन तर एक्कासी रक्तचाप उच्च भयो भने मृगौलालाई असर गरेको हुन सक्छ । पिसाबमा माइक्रोअल्बुमिन भन्ने प्रोटिन सुरुको अवस्थामा सानो मात्रामा जाने हुन्छ । २४ घण्टामा ३० मि. ग्रा.सम्म अल्बुमिन पिसाबमा गयो भने डायबिटिक नेफ्रोप्याथीको पहिलो लक्षण हो ।

जब यो प्रोटिनयुरीयाको स्टेजमा पुग्छ र त्यसपछि बल्ल बिरामीको हातखुट्टा सुन्निएर आउने प्रमुख लक्षण देखिन्छ । सुन्निदै गएपछि विस्तारै विस्तारै मृगौला फेल भएको लक्षण देखापर्छन् । सुरूकै अवस्थामा धेरै नै नोक्सान भैसकेको हुन्छ, त्यसैले बिरामीमा लक्षण भन्दा पनि पहिला नै चिकित्सकले जटिलताको कारण खोजी गर्नुपर्ने हुन्छ । मधुमेहको नियमित परिक्षणमा पिसाबको विशेष जाँच गर्नुपर्छ । यस्ता जाँच कम्तीमा ६ महिनामा एक पटक गर्नुपर्ने हुन्छ ।

 मधुमेहका रोगीले मृगौला रोगबाट बच्न विशेष ध्यान दिनुपर्छ । जस्तै मधुमेह नियन्त्रणको लागि आफ्नो आहारव्यहार, व्यायाम, तौल, उच्च रक्तचाप, कोलेस्टेरोलका साथसाथै सुगरलाई पनि नियन्त्रणमा राख्नु पर्छ । के गर्दा मधुमेह नियन्त्रणमा आउछ, त्यो सबै उपाय  अपनाउनु पर्छ । खाली पेटमा सुगरको मात्रा कम्तीमा ११०–१२० एमजी/डिएल को आसपासमा र खाना खाएको २ घण्टापछि जाचेको सुगर १४०/१६० को आसपासमा ल्याउनु पर्छ । अर्को HbA1C भनिन्छ ,जसले ३ महिनाको सुगर कन्ट्रोल बताउँछ ।HbA1C  ७ प्रतिशत भन्दा तल हुनु पर्छ । यस्तो गर्न सकेमा नेफ्रोप्याथीबाट बच्न सकिन्छ । यदि यति गर्दागर्दै पनि रोग बढ्दै गएर माइक्रोअल्बुमिन यूरीयाको स्टेजमा पुगेमा विशेष प्रकारका औषधिहरु सेवन गर्नुपर्छ । जसले उच्चरक्तचाप पनि कम गर्छ, सँगै पिसाबबाट प्रोटिन जाने समस्यालाई पनि नियन्त्रण गर्दछ ।

 यदि मृगौला रोग लागि सक्यो भने बिरामी डायलासिस अथवा प्रत्यारोपणमा जानु भन्दा अगाडि हामी त्यो प्रक्रिया ढिला गर्न सक्छौं । यसका लागि उच्च रक्तचाप, सुगर, कोलेस्टोरेल नियन्त्रणमा राख्न र प्रोटिनयूरिया घटाउने औषधिहरु सेवन गर्नुपर्छ । सँगसँगै हेमोग्लोबिन कम भएर जाने हुँदा यसको मात्रा पनि नियन्त्रण गर्नुपर्छ । क्याल्सीयम, फसफोरस र प्याराथाइड हर्मोनको मात्रा जचाउनु पर्छ र खानामा प्रोटिन कम मात्रामा खानुपर्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

पोटासियम धेरै भएको खानेकुराहरु फलफूलहरु, जुसहरु, हर्लिक्स खानुहुँदैन । फलफुलमा कम पोटासियम भएको फलफुलहरु स्याउ, नास्पाती, अम्बा, मेवा, भुईकटर बिरामीले खान मिल्छ । तर मधुमेह भएको हुनाले धेरै गुलियो पनि खानु हँदैन । त्यसैले खानपाना, हेमोग्लोबिन, उच्च रक्तचाप, सुगर र क्याल्सीयम, फसफोरसमा ध्यानदिनुपर्छ । बिरामीले आफुले खाने पानी र नुनको मात्रामा पनि ध्यान दिनुपर्छ । २४ घण्टामा जति पिसाब हुन्छ, त्यो पिसाब कै मात्रा अनुसार बिरामीले पानी खानु पर्छ । यदि धेरै पानी र नून खाएमा शरीर सुन्निएर जाने हुन्छ र मुटुमा भार पर्ने र फोक्सोमा पानी जम्ने हुन्छ । मृगौलालाई असर गरिसकेको तर मृगौला फेलियरको अन्तिम चरणमा नपुगेको अवस्थामा यी सबै कुराहरुमा विशेष ध्यान दिनुपर्नेहुन्छ ।

 मधुमेह भएका बिरामी मृगौलाको पनि बिरामी हुनेहँुदा सँगसँगै अरु जटिलताहरु पनि थपिन्छ । नियमित इन्सुलीन प्रयोग गरिरहेका बिरामीहरुको भने इन्सुलिनको मात्रा कम भएर जान्छ । किनभने इन्सुलिन मृगौलाबाटै बाहिर फाल्ने हो । त्यसैले इन्सुलिन कम चाहिन्छ । तर मधुमेहको नियन्त्रण गर्नैपर्छ । मधुमेह भैसकेपछि कसको मृगौला फेल हुन्छ भन्न सकिँदैन तर बिरामीले चिकित्सकको नियमित सल्लाह लिनुपर्छ । बिरामी आफँै मनगढन्ते कुरामा लागेर आफुखुसी औषधि सेवन गर्नुहँुदैन ।

पछिल्लो समयमा मृगौला बिग्रनुमा जडिबुटिहरुको एकदमै ठूलो हात देखिएको छ । त्यसैले जडिबुटि खाएर मधुमेह नियन्त्रणमा छ भनेर बस्नु हँुदैन । बिरामीहरु इन्सुलिनल देखेर डराउनु हँुदैन । इन्सुलिन इन्जेक्सन भएपनि धेरै दुख्दैन । त्यसैले समयमै इन्सुलिन लिएर मधुमेह नियन्त्रणमा राख्नसके भोलि गएर मृगौला फेल भई डायलासिस तथा प्रत्यारोपण गर्नुपर्ने अवस्था नआउन सक्छ । त्यसैले सही सुचना लिने र सही सुचनालाई सही रुपमा पालना गर्ने बानी बसाल्नुपर्छ ।

 संसारमा मृगौला फेल हुने एक नम्बर कारण मधुमेह नै हो भन्ने कुरा भुल्नुहुँदैन । मृगौला बिर्गेको बिरामी हेर्ने हो भने ५० प्रतिशत मधुमेहले बिगारेको हुन्छ । प्रकार १ मधुमेह भएको बिरमीमा १५–२० वर्षपछि मृगौलाको समस्या देखा पर्नसक्छ तर प्रकार २ मा मधुमेह भएको सुरुकै अवस्थामा मृगौलामा असर गरिसकेको हुनसक्छ । सामान्यरुपमा हेर्ने हो भने १०–१५ वर्षमा धेरै बिरामीमा मृगौलामा असर देखिएको छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 मधुमेह भएको बिरामीको डायलसिसमा पनि समस्या देखिन सक्छ । किनभने फिस्टुला बनाएर डायलासिस गर्नुपर्ने हुन्छ । मधुमेहका बिरामीको फिस्टुला छिटो बिग्रने हुन्छ । त्यसकारण मधुमेही बिरामीको धेरै पटक, धेरै ठाँउमा फिस्टुला बनाउनु पर्ने हुन्छ । अन्य कारणले मृगौला बिग्रेका बिरामीको डायलसिस गरेको बिरामीको भन्दा, मधुमेह भएर डायलसिस गर्ने बिरामीको छिटो मृत्यु हुने पनि देखिएको छ । साथै प्रत्यारोपणमा पनि जटिलता उत्पन्न हुन्छ । त्यसैले मधुमेहले मृगौला फेल हुने समस्या भनेको भयावह समस्या नै हो । बिरामीले मलाई मधुमेह भयो भन्नु भन्दा पनि, मधुमेह भैसकेपछि के गर्नुपर्छ भन्नेतिर ध्यानदिन अत्यन्तै जरुरी छ ।

मृगौला रोगको लक्षणहरु

–    शरीर सुनिने
–    पिसाब रातो हुने
–    पिसाब कम तर धेरै पटक लाग्न
–    खाना रुची कम हुने, वाकवाक लाग्ने
–    शरीरमा रगत कम भएर सेतो हुने
–    छाला गाढा कालो भएर जाने
–    सास फेर्न गाह्रो हुने
–    छाती दुख्ने, मानिस बेहोस सम्म हुनसक्छ
–    उच्च रक्तचापले मृगौला सम्बन्धी रोग हुन सक्छ

मृगौला रोगबाट बच्च के गर्ने ?

–    रक्तचाप र मधुमेहको नियमित परीक्षण
–    वर्षको एक पटक रगत, पिसाबको जाँच गर्ने ।
–    प्रशस्त मात्रामा पानी पिउने
–    जथाभावी औषधि सेवन नगर्ने
–    सन्तुलित आहारको सेवन गर्ने
–    नियमित शारीरिक व्यायाम गर्ने

 

प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्