थोरै डराउनु सामान्य हो । तर अधिक डराउनु मानसिक समस्या हो । यस्तो समस्यामा मानिस हरेक कुरासँग निकै डराउँछ । सामान्य डरका कारण मानिस सचेत र जिम्मेवार पनि बन्छ । तर, डर जब समस्यामा बदलिन्छ त्यसले जीवन अस्तव्यस्त बनाउँछ । तर, आत्तिनु पर्दैन, उपचार गरे यस्तो समस्याबाट पूर्णरूपमा छुटकारा पाउन सकिन्छ । यस्तो समस्यालाई ‘फोबिया’ भनिन्छ । यसको उपचार मनोवैज्ञानिक (साइकोथेरापी) उपाचार पद्धतिबाट गरिन्छ र निको पनि हुन्छ । यस्ता समस्या भएका मानिसले निदाउन वा डर हटाउन रक्सी सेवन गर्नु हुँदैन। ।
लक्षणः
– बारम्बार आत्तिने,
– कुनै अप्रिय घटना होला भन्ने डर,
– हात–खुट्टा काम्ने,
– ढुकढुकी बढ्ने,
– मरिएला कि भन्ने डर,
– टाउको दुख्ने,
– निद्रा नलाग्ने,
– छटपटी हुने,
– मुख सुख्खा हुने,
– पटक–पटक दिशा–पिसाब लाग्ने,
– नराम्रो सपना देखिने,
– निद्रामा डराउने ।
-डा. सीपी सेडाईं
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।