रक्तप्रवाहमा समस्या भएर वा रगतमा अक्सिजनको मात्रा कमी भएर शरिरका अंग तथा टिस्युहरुमा अक्सिजनको आपूर्ति कम हुन थालेपछि स्वाँस्वाँ हुन्छ । यसको अर्थ मुटु वा फोक्सोको काममा समस्या भएमा स्वाँस्वाँ हुनथाल्छ । सुरुमा काम गर्दा वा हिड्दा मात्र स्वाँस्वाँ हुन्छ । पछि समस्या बढ्दै गएर अलिकति हिड्दा वा एक खुड्किलामात्र भर्याङ चढ्दा पनि स्वाँस्वाँ हुन्छ । बिस्तारै बस्दा पनि स्वाँस्वाँ सुरु हुन्छ । यस्तो अवस्थामा डाक्टरलाई जचाउनु पर्छ । सुत्दा स्वाँस्वाँ हुने बस्दा ठिक हुने समस्यालाई अर्दोप्नीया भनिन्छ ।
स्वाँस्वाँ हुने समस्या भएकाले मुटु र फोक्सो रोगका डाक्टर संग जचाउनु पर्छ । मोटोपनाको कारणले पनि स्वाँस्वाँ हुने समस्या हुन्छ ।\
स्वाँस्वाँ हुने प्रमुख कारणहरु
मुटुसंग सम्बन्धीत रोग
फोक्सोसंग सम्बन्धीत रोग
माटोपना
उच्च रक्तचाप
रगतको कमि (एनिमिया)
गर्भवति महिला
शारीरिक ब्यायामको कमि
- डा. ओम मूर्ति अनिल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।