सियामिज ट्वीन्स :
शरीरको एकभन्दा बढी भाग जोडिई जन्मिएका जुम्ल्याहालाई सियामिज ट्वीन्स भनिन्छ । प्रति २ लाख जन्ममा यस्तो जन्म एउटामात्र हुन्छ । यस्तो दुर्लभ जन्मका घटना अधिकांश दक्षिण पूर्वी एशिया र अफ्रिकामा भेटिएका छन् । टाउको, शरीर या खुट्टाका भाग जोडिएर जन्मने यस्तो जुम्ल्याहाको बच्ने सम्भावना २५ प्रतिशतमात्र हुन्छ । अहिलेसम्म विश्वमा २१ जुम्ल्याहामा यस्तो समस्या भएको पाइएको छ । नेपालमा पनि गंगाजमुना नाम गरेका टाउको जोडिएका जुम्ल्याहाको सिंगापुरमा लगेर अपरेशन गरिएको थियो ।
अम्ब्रास सिण्ड्रोम :
अनुहार र शरीरमा थुप्रो मात्रामा रौं लिएर जन्मने समस्यालाई ‘अम्ब्रास सिण्ड्रोम’ भनिन्छ । विश्वभरमा अहिले यस्ता समस्या भएका मानिसको संख्या ४० जना भएको अनुमान गरिएको छ । विशेषगरी केटाकेटीमा यस्तो समस्याले निकै पीडा दिने गरेको पाइन्छ । नेपालमा पनि केही समयअघि एक महिलाको अनुहारमा रौं आउने समस्याको उपचार गरिएको थियो ।
फ्युज्ड लिम्ब :
केही जन्म यस्ता हुन्छन्, जसमा बच्चाका खुट्टा या औंलाहरु जोडिन्छन् । हालै पेरुमा खुट्टा जोडिएको बालिका जन्मिएकी छिन्, जसलाई ‘मर्मेड’ (शरीरको तल्लो भाग माछाको आकारको भएको मानिस) पनि भनिन्छ । ७० हजार जन्ममा एक जन्म यस्तो हुने विज्ञको भनाई छ ।
साइक्लोपिया :
टाउकोको बीचमा एउटा आँखासहित जन्मने समस्यालाई साइक्लोपिया भनिन्छ । क्यान्सरको औषधि सेवन गरिरहेका महिलाबाट जन्मिएका बच्चामा यस्तो समस्या हुने बताइन्छ । यस्तो जन्म अत्यन्त दुर्लभ मानिन्छ । हाल साइक्लोपिया बच्चा आम्सटर्डमको भ्रोलिक मेडिकल म्युजियममा संरक्षित गरेर राखिएको छ ।
क्रानिपागस प्यारासाइटिकस :
टाउकोमा शरीर विनाको अर्को टाउको लिएर जन्मने समस्यालाई क्रानिपागस प्यारासाइटिकस भनिन्छ । विश्वभर यस्तो घटना १० वटामात्र भएको पाइएको छ । शरीर नभएपनि अर्को टाउको हाँस्न, रुन र दुध चुस्न सक्छ । यस्तो टाउको जुम्ल्याहाको अंश मानिन्छ ।
फोटुस इन फेटु :
कहिलेकाही जन्मिसकेको बच्चाको पेटभित्र अर्को बच्चाको भ्रुण फेला पर्छ भने त्यसलाई ‘फोटुस इन फेटु’ भनिन्छ । विशेषगरी जुम्ल्याहामा दुवै जनाको निर्माण एउटै अण्डाबाट हुन्छ, तर, गर्भको बेलामा कहिलेकाही एउटा बच्चाको पेटभित्र अर्को भ्रुण जान्छ र त्यो परजीवीजस्तै बढ्न थाल्छ । कहिलेकाही जुम्ल्याहाको जन्मको लामो समयपछि मात्र त्यस्ता परजीवी भ्रुणका बारेमा थाहा हुन्छ र उनीहरुको शरीर महिला गर्भवती भएको जस्तै हुन्छ । शल्यक्रियाका क्रममा डाक्टरहरुले बच्चालाई नोक्सान नपु¥याई सो परजीवी भ्रुण निकाल्न सक्छन् । नेपालमा पनि केहीसाता अघि डाक्टरहरुले १० महिनाको बच्चाको पेटबाट एक मानव भ्रुण निकालेका थिए ।
फाइब्रोडिस्प्लाजिया ओसिफिकान्स प्रोग्रेसिभा :
यस्तो समस्या लिएर जन्मिएका बच्चाको चोट लागेको ठाउको हाड बढ्ने हुन्छ । यस्ता बच्चाको हाड धेरैमात्रामा बढ्छ । यस्तो हाड हटाउन सकिदैंन, किनकि शल्यक्रियाका क्रममा लागेको चोट अथवा घाउका कारण पछि फेरि हाड बढ्छ । अपरेशन गर्दा पनि यस्ता बिरामीको श्वासप्रश्वासमा जटिल समस्या आउने सम्भावना हुन्छ ।
प्रोगेरिया :
यस्तो समस्या ८० लाख जन्ममा एउटामात्र हुन्छ । यस्तो रोग लागेपछि बच्चाहरु बुढाजस्ता देखिन्छन्, कपाल झर्छ र छाला चाउरी पर्छ । उनीहरुको मृत्यु पनि चाँडै नै हुन्छ । प्रोगेरियाका बारेमा पहिलोपटक सन् १८८६ मा जोनाथन हचिन्सनले ब्याख्या गरेका थिए ।
अविकसित पुच्छर (भेष्टिजियल टेल) :
ढाडमा पुच्छरसहित जन्मने समस्यालाई भेष्टिजियल टेल भनिन्छ । त्यस्ता पुच्छरमा मांसपेशी, कोषिकाहरु, छाला र रक्तनलीहरु सबै हुन्छ, तर, अविकसित रुपमा हुन्छ । जिनमा आउने परिवर्तनका कारण यस्तो समस्या आउने बताइन्छ ।
मस्तिस्कको जन्मजात विकृति (अनेस्फिाली) :
जन्मजात रुपमा मष्तिष्क र स्पाइनल कर्ड नभएको हुने समस्या हो अनेस्फिाली) । यस्तो समस्याको कुनै उपचार छैन भने प्रायः यस्ता बच्चाहरुको मृत्यु जन्मनेबित्तिकै हुन्छ । यस्ता बच्चाहरु दृष्टिविहीन, श्रवणविहीन, अचेत र कुनै पनि पीडाको अनुभव गर्न नसक्ने अवस्थाका हुन्छन् ।
स्रोत एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।