काठमाडाैं- प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कैलालीको टिकापुर घटनाका सम्वन्धमा छानबिन गर्न गठन भएको ‘लाल आयोगको प्रतिवेदन’ सार्वजनिक गर्न 'रुलिङ' गरेका छन्।
आइतबारको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले 'लाल आयोगको प्रतिवेदन' सार्वजनिक नगरिए सदनको कारबाही रोक्ने चेतावनी दिएपछि सभामुख महराले सरकारको विशेष ध्यानाकर्षण गराएका हुन्।
उच्च प्रहरी अधिकारीसहित ९ जनाको हत्या भएको उक्त घटनाका सम्बन्धमा केही दिन पहिले कैलाली जिल्ला अदालतले फैसला सुनाएको थियो। जिल्ला अदाललते राजपकाे तर्बाफट निर्वािचत भएका प्रतिनिधिसभा सदस्य रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।
उक्त घटनाको छानबिन गर्न सर्वोच्चका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वका आयोग गठन भएको थियो। आयोगले स्थलगत अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो। तर, उक्त प्रतिवेदन गृह र प्रधानमन्त्री कार्यालयमा गोप्य राखिएको छ।

प्रतिवेदन सार्वजनिक नभएपनि जिल्ला अदालतले आफ्ना सांसदलाई दोषी ठहर गरेपछि राजपा अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवले 'याे प्रतिवेदन किन लुकाइयो' भनि जवाफ माग गरेका थिए।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रतिवेदन सार्वजनिक भएका आफ्नाे दमन खुल्ने भन्दै सरकार डराएकाे बताए। उनले सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न 'रुलिङ' गर्न सभामुखसमक्ष माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।