काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १२ बजे बस्ने बैठकमा ४ वटा विधेयकहरु प्रस्तुत हुँदैछन्।
उद्योग, वाणिज्य तथा आपूर्ति अन्त्री मातृकाप्रसाद यादवले ‘सेफ गार्डस्, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ्ग विधेयक, २०७५’ तथा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्त विधेयक, २०७५’ प्रस्तुत गर्ने सम्भावित कार्यतालिका छ।
संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टाराईका अनुसार आजै मन्त्री यादवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहित विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५’ पनि छलफल तथा पारितका लागि संसदमा पेस हुनेछ।
त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहित भू–उपयोग विधेयक, २०७५’ लाई छदफल तथा पारितका लागि निर्णयार्थ पेस गर्ने कार्यतालिका छ।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।