जनकपुर- प्रदेश २ का विद्यार्थीकाे खाजाका लागि संघीय सरकारबाट प्राप्त डेढ अर्ब बढी रकम प्रदेश र स्थानीय सरकारको लापरबाहीका कारण 'फ्रिज' हुने अवस्थामा पुगेको छ।
विद्यार्थीलाई विद्यालयमा टिकाई राख्ने उद्देश्यले संघीय सरकारबाट स्थानीय तहमार्फत विद्यालयमा सञ्चालित दिवा खाजाको रकम शैक्षिक सत्र समाप्त हुन लाग्दा पनि बाड्न सकिएको छैन।
बालबालिकाले बीचमै विद्यालय छाड्ने समस्या रोक्न र सामुदायिक विद्यालयको गुणस्तर उकास्न सरकारले प्राथमिक तहका विद्यार्थीलाई दिवा खाजामा प्रत्येक दिन १५ रुपैयाँ दिन रकम विनियोजन गरेको थियो। यो कार्यक्रम फाटफुट विद्यालयबाहेक प्रदेशका जिल्लाहरूमा सञ्चालन हुन सकेको छैन।
धनुषामा मात्रै प्रावि र बालविकासमा अध्यनरत करिब ७५ हजार बालबालिकाका लागि दिवा खाजा शिर्षकमा २० करोड रुपैयाँ बजेट निकासा भएको छ।
तर, शैक्षिक सत्र बित्न एक महिना मात्र बाँकी हुँदा जनकपुर उपमहानगरपालिका बाहेक जिल्लाका १७ वटै स्थानीय तहले अहिलेसम्म विद्यालयमा कार्यक्रम सञ्चालन गर्न सकेका छैनन्।
प्रदेश २ का ८ वटा जिल्लामा करीब ५ लाख ६६ हजार बालबालिका कक्षा १ देखि ५ सम्म अध्यनरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।