एजेन्सी- विश्व चर्चित कम्पनी एप्पलले आफ्नो एक कर्मचारीलाई छोरीको असावधानीका कारण बर्खास्त गरेको छ।
आइफोन–एक्स निर्माणमा सक्रिय एक इन्जिनियरलाई कम्पनीको नियम तोडेको आरोपमा बर्खास्तीमा परेका हुन्।
आइफोन–एक्स सार्वजनिक हुनुअघि ती इन्जिनियरले आफ्नी छोरी ब्रुक पिटर्सनलाई मोबाइल दिएका थिए। कम्पनीको नीतिविपरीत आइफोन बोकेको भिडियो ब्रुकले सोसल मिडियामा पोस्ट गरेकी थिइन्। कम्पनीले मोबाइल सार्वजनिक नहुँदासम्म यसलाई एकदमै गोप्य राख्ने नीति बनाएको थियो।
ब्रुकले मोबाइलको क्लिप सार्वजनिक गरेपछि कम्पनीले तत्कालै त्यसलाई निकाल्न उर्दी लगाए पनि भाइरल बन्न पुगेको थियो।
ब्रुक र उनका बुवाले यस विषयमा एप्पललाई स्पष्टीकरण पनि दिएका थिए। तर, कम्पनीले उनीहरुको स्पष्टीकरणमा कुनै सुनुवाइ गरेन र बर्खास्त गर्ने निर्णय गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।