काठमाडौं- 'राष्ट्रका लागि हप्ताको २ घन्टा स्वयंसेवा' भन्ने नाराका साथ सुरु भएको बाग्मती सफाइ अभियानको ३ सय ४औं हप्ताको कार्यक्रम सम्पन्न भएको छ। हालसम्म अभियानले ५ मेट्रिक टनभन्दा बढी फोहोर संकलन गरेको दाबी गरेको छ।
अभियान अन्तर्गत बाग्मतीका विभिन्न स्थान सरसफाइ गरिएको हो। अभियानको ३०४औं श्रृंखलामा टेकु दोभान, कालो झोलुङ्गे पुल, ललितपुरमा बाग्मती सरसफाइ गरिएको हो।
सरसफाइ कार्यक्रममा सयौं अभियन्ता, अधिकार सम्पन्न बाग्मती समिति, काठमाडौं महानगरपालिका, माहानगरीय दङ्गा नियन्त्रण गण त्रिपुरेश्वर, सशस्त्र प्रहरी बल कीर्तिपुर, युरेसिया रेयुकाई सानेपा, प्रहरी परिसर ललितपुर, श्री काली दल गण एयरपोट मुक्तिनाथ विकास बैंकलगायत २५ संघसंस्थाका प्रतिनिधि सहभागी थिए।
अभियानको अर्को श्रृंखला आगामी शनिबार पशुपति आर्यघाट परिसर काठमाडौंमा बिहान ७ देखि ९ बजेसम्म हुने जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।