• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

निगालोबाट उत्पादित सामग्रीको व्यापार बढ्दो

64x64
नेपाल लाइभ शनिबार, फागुन २५, २०७५  ०९:१९
1140x725

दार्चुला– शिवरात्रीको अवसरमा दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा जारी मेलामा जिल्लाको स्थानीय उत्पादनको व्यापार बढेको छ। 

वर्षौंदेखि स्थानीय उत्पादनको कारोबार गर्न लाग्ने मेलामा यो वर्ष निगालोबाट उत्पादित सामग्रीको कारोबार बढेको हो।

गोकुलेश्वरको चौलानी नदी किनारमा लाग्ने मेलामा दार्चुला, बैतडी र बझाङका स्थानीय उत्पादनको कारोबार भइरहेको छ । मेलामा तीनवटै जिल्लाका स्थानीयले उत्पादन गरेका निगालोका सामग्री, काठ र फलामबाट बनेका भाँडाकुँडा र जडीबुटी बिक्रीमा राखिएका छन्। 

यस वर्ष मेलामा निगालोबाट निर्माण हुने मोट्टा, खटिया, सुप्पा, छाप्राको कारोबार सबैभन्दा बढी भइरहेको मार्मा गाउँपालिका–१ दह घोल्जरका स्थानीय व्यापारी सुरेन्द्रसिंह ठगुन्नाले बताए।

'विगतमा यति धेरै बिक्री भएको थिएन', उनले भने, 'यो वर्ष सोचेअनुसारको सामग्री बिक्री भइरहेको छ।' 

मेलामा मार्माको दह घोल्जरका साथै शैल्यशिखर नगरपालिका–४ रानीशिखर र नौगाडको सिप्टीलगायतका क्षेत्रबाट निगालोको सामान बिक्रीको लागि ल्याइएको छ।

मेलामा मोट्टा रु १ हजार ५ देखि ४ हजारमा बिक्री भइरहेको छ। 

यस्तै सुप्पा तथा छाप्राको रु २ सयदेखि ४ सयसम्म कारोबार भइरहेको व्यापारी उमेश धामीले बताए। दह घोल्जरका मात्रै १ सय परिवारले प्रतिपरिवार १० देखि १५ हजारसम्म निगालोका सामग्री बनाएर बिक्रीको लागि ल्याएका छन्। 

Ncell 2
Ncell 2

जिल्लाको अन्य क्षेत्रभन्दा पनि मार्मा गाउँपालिका–१ दह क्षेत्रमा सबैभन्दा बढी निगालो उत्पादन हुने गरेको छ। निगालो बढी उत्पादन भएकै कारण यहाँका स्थानीयले बढी जसो निगालोबाट उत्पादन हुने सामग्री बनाएर बिक्री गर्छन्।

निगालोका सामग्री निर्माणमा मिहिनेत धेरै लाग्ने भए पनि मिहिनेतअनुसारको ज्याला नपाइने उनीहरू बताउँछन्।

जङ्गलमा गएर निगालो काट्ने, घरमा ल्याएर चिर्ने, घाममा सुकाउने, पानीमा भिजाउने केही दिनपछि पानीबाट निकालेर चोया निकालेर सामग्री बुन्ने गरिन्छ। 

कच्चा पदार्थ तयार भइसकेको अवस्थामा एक दिनमै १० भन्दा बढी सुप्पा छाप्रा बुन्न सकिने उद्यमी सुरज धामी बताउँछन्। कच्चा पदार्थ उपलब्धता भयो भने सामान बनाउन खासै समस्या नभएको उनले बताए।

विगतमा सबै ठाउँमा सजिलै कच्चा पदार्थ उपलब्धता हुने गरे पनि अहिलेभने कम हुँदै गएको छ। 

मार्माको दह घोल्जरका स्थानीयको रोजगारी र आयआर्जनको प्रमुख तथा एक मात्र माध्यम निगालोबाट बन्ने सामग्री नै हो। वर्षभरिमा हजारौं सामग्री निर्माण गरेर उद्यमीले गोकुलेश्वर मेलामा बिक्री गर्छन्।

व्यापारी सामग्री किन्न गाउँमै पनि जान्छन्। गाउँमा बिक्री हुन नसकेको सामान मात्रै मेलामा ल्याएर बिक्री गर्ने गरेको अर्का स्थानीय जगत ठगुन्ना सुनाउँछन्। 

मेलामा ऊनी कपडा, हिमाली क्षेत्रको जडीबुटी र फलफूलका परिकारलगायत विभिन्न सामग्रीको कारोबार पनि यो वर्ष बढेको छ। गोकुलेश्वरमा व्यापारको लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतको उत्तराखण्डबाट व्यापारी तथा ग्राहक आएका छन्।

स्थानीय उत्पादनको बिक्री वितरणले स्थानीयस्तरमै स्वरोजगारी सिर्जना मात्रै भएको छैन, खेर गइराखेका वस्तुको उत्पादनको उपयोग र आर्थिक उपार्जनको बलियो आधारसमेत बनेको छ। 

गोकुलेश्वरस्थित हवाई मैदानमा मेला एक हप्ता चल्छ। तिब्बती ऊनी कपडा र हस्तकलाका सामग्री पनि बिक्रीमा राखिएका छन्। दार्चुलाको हिमाली क्षेत्रका बासिन्दाले जडीबुटी, राडी, फाखी, कम्बल, स्विटरलगायतका सामान बिक्री गरिरहेका छन्। 

डडेल्धुराको जोगबुडालगायत भित्री मधेशमा बनेका ठेकी, हलोलगायतका सामग्रीको पनि राम्रो व्यापार भएको छ। ऊनीका तानमा बुनेका राडीपाखी, गलैँचालगायत अन्य वस्तु मेलाका मुख्य आकर्षक रहेको व्यापारी भुवन धामीले बताए।

प्रविधिको विकाससँगै तालीमको अभावका कारण पनि अझै सीपलाई परस्कृत गर्न नसकिएको उद्यमी प्रेम टमटा बताउँछन्। 'हामीलाई तालीमको अभाव छ, अहिले पनि उही हँसियाको सहारामा रेसा निकाल्ने र बुन्ने काम भइरहेको छ', उनी भन्छन्। 

घरेलु तथा साना उद्योग विकास समितिले गत वर्ष दुहुँ गाउँपालिकाको हिकिला तथा शैल्यशिखर नगरपालिकाको रानीशिखरमा बुनाई तालीम सञ्चालन गरेको थियो।

यस्तै यो वर्ष लेकम गाउँपालिकाको कुणीमा निगालोबाट उत्पादित सामग्रीको तालीम सञ्चालन गर्ने तयारी भइरहेको समितिका वरिष्ठ उद्योग अधिकृत पदमबहादुर ठकुराठीले बताए। 

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  ०९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता
यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
गगनको दाबी: निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय सोमबार, पुस २८, २०८२
गगनको दाबी: निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
यस्तो छ विशेष महाधिवेशनमा गगन थापाले पेस गरेको प्रतिवेदनको पूर्णपाठ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्