काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो भूमिबाट कुनै पनि सैन्य समूहलाई विदेशमा आक्रमण गर्न नदिइने बताएका छन्।
शुक्रबार पाकिस्तानको दक्षिणी भागमा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले कुनै पनि सैन्य समूहलाई पाकिस्तानमा सञ्चालन हुन र विदेशमा आक्रण गर्न नदिने बताएका हुन्।
‘यो सरकारले कुनै पनि बाह्य आतंकवादका लागि पाकिस्तानको भूमि प्रयोग गर्न दिने छैन्,’ खानले भने, ‘हामी कुनै पनि सैन्य समूहलाई हाम्रो देशमा सञ्चालन हुन दिने छैनौं।’
भारत प्रशासित पुलवामा भएको आतंकवादी हमलापछि चिसिएको दुई देशको सम्बन्ध सुधार्न पाकिस्तानले केही दिनदेखि सैन्य समूहविरुद्ध कारबाही थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।