इस्लामावाद- प्रतिबन्धित विभिन्न सङ्गठनमा आवद्ध १ सय २१ जनालाई पाकिस्तानी सुरक्षाकर्मीहरुले पक्राउ गरेका छन्।
गत चार दिनको अवधिमा उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले प्रतिबन्ध लगाएका सङ्गठनका व्यक्तिहरु पक्राउ परेको स्थानीय उर्दु टेलिभिजन 'सामा'ले जनाएको छ।
गृह मन्त्रालयका अधिकारीहरुका अनुसार पक्राउ परेका व्यक्तिहरु प्रतिबन्धित विभिन्न सङ्गठनमा निकै सक्रिय थिए।
देशको सुरक्षा निकायले शङ्कास्पद र प्रतिबन्धित व्यक्तिहरुलाई पक्राउ गर्ने क्रमलाई तिव्रता दिएको अधिकारीहरुले जनाएका छन्।
पाकिस्तानमा जमात उड डावा, फलाह ए इन्सानिट फाउन्डेसन, जैश ए मुहम्मद (जेम) लगायतलाई प्रतिबन्ध लगाइएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।