बेइजिङ- चीनले भारत र पाकिस्तानबीच सकारात्मक भावना देखा पर्दै जानेमा आफू पूर्णतया आशावादी रहेको बताएको छ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारत र पाकिस्तान वार्तामार्फत विद्यमान मतभेदको समाधान गरेर सम्बन्धलाई सुमधुर बनाएर जानु राम्रो भएको बताए।
पाकिस्तानी विदेश मन्त्रालयले बुधबार भारतका लागि पाकिस्तानी उच्च विशेषज्ञले पदभार सम्हाल्नका लागि चाँडै नयाँ दिल्ली फर्कने जनाएको छ।
साथै पाकिस्तान तथा भारतले पाकिस्तान–भारत सीमा क्षेत्र कर्तापुर करिडोरबारे छलफल गर्न मार्च १४ र २८ तारिख एक–अर्कातर्फ प्रतिनिधि मण्डल पठाउने तयारी भइरहेको आफूले जानकारी पाएको लुले बताए।
पाकिस्तानले भारतसँग उच्चस्तरीय सम्पर्क राख्दै जाने इच्छा पनि व्यक्त गरेको छ।
'पाकिस्तान र भारत अन्यत्र सार्न नहुने छिमेकी हुन् र आपसमा छिपेकीपना दुवै पक्षको आधारभूत हितसँग अनुकूल छ', पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिँदै प्रवक्ता लु खाङले भने, 'चीनले यी दुई पक्षबीचको वार्ताका लागि आवश्यक परे रचनात्मक भूमिका निर्वाह गर्दै जानेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।