काठमाडौँ- साहासिक खेलका रुपमा लिइने बन्जी जम्पप्रति चासो बढिरहेका बेला प्रहरीले पनि बन्जी जम्प गरेका छन्।
प्रहरीको आधारभुत तालिम लिइरहेका १ सय २० जना प्रहरीले टोलीले भोटेकोसीस्थित ‘द लास्ट रिसोर्ट’बाट बन्जी जम्प गरेका हुन्।
प्रहरी सेवाको क्रममा उद्दार लगायतका कार्य गर्दा सहासिक गतिविधिमा संलग्न हुनुपर्ने भएकोले आधारभूत तालिम अन्तर्गत बन्जी जम्प गराइएको प्रहरी उपरीक्षक मधुसूदन लुइँटेलले जानकारी दिए।
‘बन्जीले डरसँग लडि अगाडि बड्न आत्मबल बढाउछ त्यसैले तालिममै बन्जी जम्प समाबेस गराइएको छ,’ उनले भने।
बन्जी जम्प गर्नेमा महिला प्रहरी पनि रहेको बताइएको छ। ५ प्रशिक्षक र ९ प्रशिक्षार्थी १४ जना महिला प्रहरीले जम्प गरेको लुइँटेलले बताए।
प्रहरीहरुलाई जम्प गराउन पाउँदा आफ्नो कामप्रति अझ गर्व बढेको र प्रहरीको अनुशासन देखेर आफू प्रभावित भएको बन्जी मास्टर भोला श्रेष्ठले बताए।
भोटेकोसीको पाङलङ र त्याङ्थली जोड्ने १ सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरि न्युजिलान्डका नागरिक डेबिड एलर्डाइस र भैरहवाका विष्णु न्यौपानेले सन् १९९९ बन्जी जम्प गरी नेपालमा यसको सुरुवात गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।