काठमाडौं (एजेन्सी)– इरानकी एक मोडलले सौन्दर्यताका कारण सोशल मिडियामा निकै चर्चा बटुलिरहेकी छिन्। महलाघा जबेरी नाम गरेकी यी मोडललाई सोशल मिडियामा पछ्याउनेको बाढी नै लागेको छ।
उनको तुलना अहिले बलिउड नायिका ऐश्वर्या राय बच्चनसँग हुन थालेको छ। महलाघाको जन्म इरानको इस्फाहानमा भए पनि उनी अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्छिन्।
उनलाई पछिल्लो समय सोशल मिडियाको सुन्दरी भनेर सम्बोधन गर्न थालिएको छ। सेलिब्रिटी नभए पनि इन्स्टाग्राममा मात्र उनको फलोअर्स २३ लाख पुगिसकेको छ।
इरान बाहेक पनि अन्य देशका युवाहरु उनको फ्यान बनेका छन्। उनको सौन्दर्यताको पहिचान गरेर वाल्टर मेन्डेज र मिस होली क्लोथिङजस्ता ब्रान्डले उनलाई आफ्नो उत्पादनमा मोडलिङ गराएका छन्।
२७ वर्षीय महलाघा आफूलाई सुन्दर राख्न बिहान योगा गर्ने गर्छिन्। उनी शरीर फिट राख्न जिमभन्दा बढी योगामा विश्वास गर्छिन्। उनी योगा कै कारण आफ्नो फिगर स्थिर भएको र मनमा पनि शान्ति मिलेको बताउँछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।