काठमाडौं- काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका अव्यवस्थित रूपमा रहेका बस स्ट्याण्ड र प्रतीक्षालय हटाउने भएको छ।
बस स्ट्याण्ड अध्ययन कार्यदलले बुधबार काठमाडौंका विभिन्न ठाउँमा बस स्ट्याण्ड र यात्रु प्रतीक्षालयको अवलोकन गरेको थियो। कार्यदलका संयोजक एवम् वडा नम्बर १८ का अध्यक्ष न्हुन्छेकाजी महर्जनले कतै आवश्यक स्थानमा पनि नभएको र केहीले सहरलाई कुरूप बनाएकाले हटाउन लागिएको जानकारी दिए।
संयोजक महर्जनका अनुसार स्थलगत अध्ययन अवलोकनका क्रममा देखिएका विषय समेटेर यात्रु प्रतिक्षालय निर्माण तथा सञ्चालनका लागि अधिकारसम्पन्न समितिमा प्रतिवेदन दिइनेछ। समितिले विगतमा प्राप्त भएका प्रस्ताव, सहरको विद्यमान अवस्था र आवश्यकता विश्लेषण गरेर कस्ता प्रतिक्षालय निर्माण गर्ने, कहाँ निर्माण गर्ने र कसरी सञ्चालन गर्ने भन्ने निर्क्याेल गर्नेछ।
यात्रु तथा सार्वजनिक यातायात दुबैका लागि आवागमन र उपयोग सजिलो बनाउन समिति गठन गरिएको हो।
महानगर उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित अधिकारसम्पन्न समितिकाे कार्यदलका संयोजक न्हुच्छेकाजी महर्जन र वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोल सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।