नयाँ दिल्ली (एजेन्सी)– अभिनेता तथा निर्माता आमिर खानले भर्खरै रिलिज भएको आफ्नो चलचित्र ‘सीक्रेट सुपरस्टार’ चीनमा पनि प्रदर्शन गर्न लागेको बताएका छन् । उनले अघिल्लो २ महिनाभित्र यसको रिलिज चीनमा हुने जानकारी दिए।
‘हामी यसैका लागि काम गरिरहेका छौं’, उनले भने। ‘पिके’ र ‘दंगल’ को अपार सफलतापछि आमिर आफ्नो अघिल्लो फिल्म ‘सीक्रेट सुपरस्टार’ पनि चीनमा प्रदर्शन गर्न लालायित देखिएका हुन्।
आमिर चीनमा बलिउडका लोकप्रिय अनुहार पनि हुन् । भारतमा यो फिल्मको सफलतापछि आयोजित पार्टीमा उनले धेरै जानकारी दिए । उनले यस अवसरमा फिल्मको कुल बजेट १५ करोड मात्र रहेको जानकारी दिए । १९ अक्टुबरमा तिहारको दिन सार्वजनिक भएको फिल्मले पहिलो साता ४१ दशमलव ५९ करोडको व्यापार गरेको थियो।
आमिरको अघिल्लो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ पनि रिलिजको तयारीमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।