जनकपुर- प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले निजगढ विमानस्थल निर्माणमा कटानी हुने रुखको क्षतिपूर्ति दिन संघीय सरकारसँग माग गरेका छन्।
मंगलबार जनकपुरधाममा प्रदेश समृद्धिको मार्गचित्र विषयक कार्यक्रममा मन्त्री यादवले भने, ‘प्रदेश सरकार निजगढ विमानस्थल निर्माणको विरोधी छैन, तर विमानस्थल निर्माणका क्रममा रुख काटेबापत त्यति नै मात्रामा रुख बिरुवा लगाइदिनु पर्यो।’
कार्यक्रममा वक्ताहरूले प्रदेशलाई समृद्ध बनाउन कृषि, पर्यटन र उद्योग क्षेत्रमा लगानी गर्न उद्योगी लगानीकतालाई आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।