काठमाडौं– हिन्दूको विरुद्ध अभिव्यक्ति दिएको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दबाद दिएपछि पञ्जाव प्रदेशका एक मन्त्रीले राजीनामा दिएका छन्।
पञ्जाब प्रान्तको सूचना तथा संस्तृति मन्त्री फैयाज अल हसन चौहानले राजीनामा दिएका हुन्।
यसअघि उनलाई हिन्दूविरुद्धमा दिएको आपत्तिजनक वक्तव्य विषयमा स्पष्टीकरण सोधिएको थियो। मुख्यमन्त्री सरदार उस्मान बुजदारले चौहानसँग स्पष्टीकरण लिएका थिए।
स्पष्टीकरण लगत्तै चौहानले राजीनामा दिएका हुन्।
मुख्यमन्त्रीले प्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी तहरिक-ए-इन्साफमा कुनै पनि किसिमको भेदभाव सह्य नहुने भन्दै चौहानलाई राजीनामा दिन दबाब दिएका बताइएको छ।
चौहानले २४ फरबरीमा भएको लाहोरको एक कार्यक्रममा हिन्दूहरूले गाईको मुत्र पिउने भन्दै विवादपूर्ण अभिव्यक्ति दिएका थिए।
यसपछि चौहानको आलोचना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।