काठमाडौं- यातायात व्यवस्था विभागले ई–बिल बुक, सवारी दर्ता प्रमाण पत्र (ब्लुबुक) र सवारी प्रदुषण स्टिकर छपाइका लागि कम्पनी छनोट गरेको छ।
विभागले २ करोड ९५ लाख ४७ हजार २ सय ४० रुपैयाँमा यी कामका लागि बाग्मती न्यू निलकण्ठ अपसेट प्रेस जेभी काठमाडौंलाई छनोट गरेको हो।
विभागले यी कामका लागि पुस ३० गते विद्युतीय बोलपत्र आह्वानको सूचना जारी गरेको थियो।
बोलपत्रकमा सहभागी कम्पनी मध्ये सबैभन्दा सस्तोमा ई–बिल बुक, सवारी दर्ता प्रमाण पत्र (ब्लुबुक) र सवारी प्रदुषण स्टिकर दिने कबुल गरेको भन्दै छनोट गरेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।