लस्कर गा– अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डस्थित सैनिक शिविरमा तालिवान समूहले आक्रमण गर्दा कम्तिमा ४० सैनिकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।
शुक्रबार समाचार तयार पार्दासम्म सरकारी सेना र तालिवान लडाकूबीच युद्ध जारी रहेको र कैयौँ सुरक्षाकर्मी घाइते भएको बताइएको छ।
आक्रमणमा कैयौं तालिवान विद्रोहीको पनि मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। विद्रोहीले उनीहरूलाई बोकेर लगेका कारण विद्रोहीतर्फ के कति क्षति भएको भन्नेबारे स्पष्ट हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।