काठमाडौँ- ‘प्रयावरण आतंक’ मच्चाएको भन्दै पाकिस्तानले भारतविरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्धा हाल्ने भएको छ।
गत मंगलबार पाकिस्तान प्रसासित कश्मीरको बालाकोटमा भारतले गरेको हवाइ हमलाबाट सल्लाको रुखमा क्षति पुगेको भन्दै पाकिस्तालनले राष्ट्रसंघमा मुद्दा हाल्ने तयारी गरेको हो।
‘त्यहाँ जे भएको छ त्यो वातवरणीय आतंकवाद हो,’ पाकिस्तानी वातावरण परिवर्तन मन्त्री मल्लिक अमिन आस्लामले भने,‘ त्यहाँ गम्भीर वातावरणीय असर परेको छ।’
भारतीय हवाई हमलाबाट बालाकोटमा रहेका करिब १५ वटा सल्लाका रुखमा क्षती पुगेको बताइएको छ।
राष्ट्रसंघको महासभा प्रस्तावनामा कुनै पनि सैन्य आवश्यताको नाममा वातावरण विनास क्षम्य नहुने प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।