काठमाडौं– हवाइ कारबाहीपछि आफ्नो कब्जामा लिएका भारतीय वायु सेनका पाइलटलाई पाकिस्तानले फिर्ता गरेको छ।
पाइलटलाई पन्जाब राज्यको वाघा सीमाबाट पाकिस्तानले हस्तान्तरण गरेको भारतीय मञ्चारमाध्यमकले जनाएका छन्।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विमानका चालक अभिनव वर्तमानलाई फिर्ता गरिने बताएका थिए।
भारत र पाकिस्तानबीच बुधबार भएको हवाइ आक्रमणमा भारतीय वायुसेनाका पाइलटलाई पाकिस्तानले नियन्त्रणमा लिएको थियो।
भारतले उनलाई सुरक्षित रूपमा फिर्ता गर्न माग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।