काठमाडौं : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगताअन्तर्गत आज भएको खेलमा श्री भगवती क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको दोस्रो चरणको पहिलो खेलमा भगवती क्लबले सातदोबाटोलाई ४–३ गोल अन्तरले पराजित गरेको हो। भगवतीको जीतमा मोहनबहादुर थापा मगरले ह्याट्रिक गरे। उनले खेलको ३, २१ र ३६औँ मिनेटमा गोल गरे। त्यस्तै भगवतीका लागि अर्को गोल भने आशबहादुर गुरुङले गरे। उनले खेलको ८६औँ मिनेटमा गोल गरे।
यता सातदोबाटोका दोर्जे तामाङ, पृथ्वी चौधरी र भुवन बस्नेतले एक–एक गोल गरे। दोर्जेले खेलको ६१, पृथ्वीले ७१ र भुवनले खेलको ८९औँ मिनेटमा गोल गरे। जीतसँगै श्री भगवतीले ३ अङ्क जोडेको छ। चार टोली रहेको दोस्रो चरणको खेलपछि शीर्ष टोलीले उपाधि हात पार्नेछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।