काठमाडौं– कब्जामा लिइएका भारतीय वायु सेनाका पाइलट अभिनन्दन वर्तमानलाई पाकिस्तानले हवाइ मार्गबाट मात्रै पठाउने भएको छ।
भूमार्गबाटै पठाउने यस अघिको तयारीबाट पाकिस्तान हच्किएको हो। यस अघि ती पाइलटलाई पन्जाब राज्यको वाघा सीमामा भारतलाई हस्तान्तरण गर्ने तयारी पाकिस्तानले गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका थिए।
भूमार्गबाट पाइलट फिर्ता गर्न पाकिस्तान हच्किनुको कारण भने खुलेको छैन्। भूमार्गबाट पाइलटलाई फिर्ता गर्न पाकिस्तान तयार नभएपछि हवाइ मार्गबाटै उनलाई स्वदेश फिर्ता ल्याउन भारतीय सेनाले विशेष विमान पाकिस्तान पठाउने विचार गरिरहेको बताइएको छ।
यसैबीच अमृत सहरको वाघा सीमामा पाइलटअभिनन्दनलाई स्वागत गर्न कार्यक्रम रद्ध भएको छ। उनलाई स्वागत गर्न बिहानैदेखि संयौ भारतीय ढोलक लगायतका बाजागाजा र झण्डासहि सीमामा पुगेका थिए।
बिहीबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘शान्तिको सङ्केत’का रूपमा आज मुक्त गर्ने घोषणा गरेका थिए।
गत बुधबार भारत र पाकिस्तानबीच भएको हवाइ आक्रमणमा भारतीय वायुसेनाका ती पाइलटलाई पाकिस्तानले समातेको थियो।
गत १४ फ्रेब्रुअरीमा भारत प्रशासित काश्मिरको पुलवामा जिल्लामा आतंकवादी आक्रमणमा परि ४० भारतीय सेनाको ज्यान गएपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।