काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ अन बीचको शिखर वार्ता विना सहमति टुङ्गिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।
बैठकपछि किमसँग कुनै सहमति नभएको ह्वाइट हाउसले पनि पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ।
'यसपटक कुनै सहमति हुन सकेन। तर दुवै पक्षका टोली भविष्यमा थप बैठकका लागि आशावादी छन्', ह्वाइट हाउसकी प्रवक्ता स्यारा स्यान्डर्सले एक विज्ञप्तिमा उल्लेख गरेकी छन्।
यो वार्तामा परमाणु निरस्त्रीकरणसम्बन्धी कुनै सहमति हुने आशा गरिएको थियो।
वार्तामा आफ्नो उपस्थितिले उत्तर कोरिया परमाणु निरस्त्रीकरणका लागि तयार रहेको सङ्केत गर्ने किम स्वयंले उल्लेख गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ बीच बुधबार दोस्रो ऐतिहासिक वार्ताका लागि भेट भएको थियो।
भियतनामको राजधानी हनोइमा दोस्रो वर्ता बुधबार र बिहीबार चलेको थियो। गत जुनमा भएको ट्रम्प र किमबीचको ऐतिहासिक वार्ताको निरन्तरताको रुपमा यो भेटवार्ता भएको हो।
यसअघि सिंगापुरमा भएको पहिलो शिखर वार्तामा चिनियाँ विमान चढेर सिंगापुर पुगेका किम यसपटक भने बुलेट प्रुफ रेलमा हनोई पुगेका थिए। करीब ४ हजार किलोमिटरको यात्रा गर्दै किम हनोई पुगेका थिए।
वार्तामा अमेरिकाले कोरिया निरस्त्रीकरण हुनुपर्ने प्रस्ताव राखेका थिए। तर किमले उक्त समय पनि आउने भन्दै आश्वास्नमात्र दिए। भेटपछि पत्रकार सम्मेलनमा ट्रम्पले हामी फेरि भेट्ने छौं भन्दै यो भेट सम्पन्न भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।