घाज्नी– आफगानिस्तानको घाज्नी प्रान्तमा आफ्नै सहकर्मीले गरेको आक्रमणमा ८ जना अफगानी सैनिकको मृत्यु भएको छ।
अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार राति यो आक्रमणमा भएको थियो। आक्रमणमा अन्य चार जना सैनिक घाइते भएको स्थानीय अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्।
धेरै वर्षदेखि जारी गृहयुद्धका कारण अफगान सेनाभित्र बेलाबखत आफ्नै सहकर्मीको हत्या हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।