काठमाडाैं- नेपाल विद्यार्थी संघले नेपाली कांग्रेसकाे केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्।
नेविसंघकाे अब बन्ने नयाँ केन्द्रिय समितिका सदस्यहरुकाे उमेरहद बढीमा ३२ वर्ष राख्न र विधानमा इकाइ अध्यक्ष र स्ववियू सभापतिलाई केन्द्रिय प्रतिनिधि रहने प्रावधान राख्न दाबाब दिन धर्ना दिइएकाे बताइएकाे छ। कांग्रेस नेताहरुलाई दबाब दिन नेविसंघ कार्यकर्ता र्यालीसहित सानेपा पुगेका थिए।
नेविसंघकाे १२औं अधिवेशनबारे निर्णय लिन अहिले कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ।
यसै मागको पक्ष र विपक्षमा रहेका नेविसंघका दुई समूहबीच केन्द्रीय कार्यालयअघि झडप भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।