तेहरान- इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको घोषणा गरेका हुन्।
आफूले इरानी नागरिकको सेवा गर्न र उनीहरुलाई सहयोग गर्न नसकेकामा उनले माफीसमेत मागेका छन्।
उनले सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरु र अमेरिकाबीचको आणविक सम्झौताको समयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
उनको राजीनामाबारे खुलेको छैन।
विदेशमन्त्री जारिफले सन् २००२ देखि सन् २००७ सम्म इरानका लागि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर पनि काम गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।