बेइजिङ- चिनियाँ अधिकारीले चीनका निजी कम्पनी तथा फर्मलाई दिइँदै आएको बैंकिङ कर्जामा वृद्धि गर्न माग गरेका छन्।
साना तथा लघु उद्योगलाई लक्षित गरी बैंकले कर्जा रकममा वृद्धि गर्नुपर्ने अधिकारीले सुझाब दिएका हुन्।
चिनियाँ बैंकिङ तथा बीमा नियमनकारी आयोग (सीबिआइआरसी) ले सार्वजनिक गरेको नीतिअनुसार राज्य सञ्चालित ठूला ऋणदाताले साना तथा लघु कम्पनीहरू जसले १५ लाख अमेरिकी डलर बराबर वा सोभन्दा कम ऋणको माग गरिरहेका छन्, लाई यस बर्षबाट ३० प्रतिशत कर्जा वृद्धि गरिने बताइएको छ।
आयोगका उपाध्यक्ष वाङ झाओसिङले सोमबार एक पत्रकार सम्मेलनमा भने, 'राज्य सञ्चालित बैंकले गत वर्ष ती कम्पनीलाई दिइने कर्जामा २१ प्रतिशतले वृद्धि गरेको थियो भने बैंकहरूले उनीहरूलाई दिने कर्जालाई यस पहिलेदेखि नै बढाउन थालिसकेका छन्।'
सिबिआइआरसीको नयाँ नियमले हरेक वाणिज्य बैंकद्वारा उनीहरूको वार्षिक लक्ष्यमा मार्चको अन्त्यसम्ममा निजी फर्मलाई कर्जा दिने व्यवस्था गर्न निर्देशन गरेको छ। कर्जा उपलब्ध गराइएको वा नगराइएकोबारे त्रैमासिकरूपमा अनुगममन गरिने सिबिआइआरसीले जनाएको छ।
आयोगको नयाँ नियमअनुसार कर्जा प्रवाह गरिएको वा नगरिएको कडा रूपले अनुगमन गरिने बताइएको छ। कर्जा परीक्षण र अनुमोदन प्रक्रियामा बैंकले अविवेकी खालको सर्त खडा गर्न नपाउने राज्य सञ्चालित बैंकिङ संस्थाले जस्तै समान दर र नियम लागू गर्नुपर्नेछ।
चीनले लगानीको अभावमा रहेका साना तथा मझौला कम्पनीलाई प्रोत्साहन गरी उनीहरूको आर्थिक कठिनाइका साथै राष्ट्रिय उत्पादनलाई वृद्धि गरी देशको समग्र आर्थिक वृद्धिदरलाई बढाउने लक्ष्य लिएको हो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।