जनकपुर- महोत्तरीको गौशाला सम्सी सडकखण्डमा दुईवटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ।
गौशाला सम्सी सडक खण्डमा दुई मोटर साइकल एक आपसमा ठोक्किदा बर्दिवास नगरपालिका ३ गौरीडाँडाँ का २४ बर्षीय बिबेक जंगबहादुर सिंहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
आज अपरान्ह माइस्थान–सम्सी सडकखण्ड अन्तर्गत गौशाला नगरपालिका वडा नं. ४ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र नजिकै मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार अन्य २ जना गम्भीर घाइते भएका छन्। बर्दिवासबाट गौशाला तर्फ जाँदै गरेको ना ३६ प ५११० नम्बरको मोटरसाइकल र गौशाला नगरपालिका ४ बाट आउदै गरेको ज १२ प ४४९७ नम्बरको मोटरसाइकल ठोक्किएको हो।
बर्दिवास नगरपालिका बुद्धचोक बस्ने ३६ वर्षीय ताराबहादुर खड्का र सोनमा गाउँपलिका २ बस्ने २६ वर्षीय लालेन्द्र साह घाइते भएका छन्। घाइतेहरुको बर्दिवास स्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ।
तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।