काठमाडौं- चलचित्र ‘साईनो’ को ‘मायालुलाई जात्रामै भेटियो’ बोलको गीत सार्वजानिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा भुवन थापा चन्दले निर्माण गरिरहेको फिल्मको सो गीत सार्वजनिक गरिएको हो।
गीतमा नायिका मिरुना मगर र डेव्यु नायक राजकुमार लगायतको नृत्य रहेको छ। वरिष्ठ गीतकार चेतन कार्कीका शब्द रहेको गीतमा प्रताप दास र मेलिना राईको स्वर रहेको छ। कोरियोग्राफर राम जी लामिछाने रहेको गीतमा बसन्त सापकोटा र किरण भुसालको संगीत छ।
चलचित्रको निर्मात्री भुवन चन्द हुन् भने चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन्। चन्दले यही फिल्ममार्फत् निर्माणमा डेब्यु गरेकी हुन्।
शरण थापा चलचित्रका कार्यकारी निर्माता रहेको चलचित्रको कथा अभिमन्यु निरवीले लेखेका हुन्।
चलचित्रमा बनिश हमाल र मिलन श्रेष्ठको सम्पादन रहेको छ।
मीरुना मगर,निता ढुङ्गागाना,राज कुमार,वसुन्धारा भुसाल,मदन दास श्रेष्ठ,र श्याम राई लगायतका कलाकारको अभिनय रहेको चलचित्र जेष्ठ १० गतेबाट रिलिज हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।