काठमाडौं– सांगीतिक ब्यान्ड ‘सत्याकृत’ले ‘आऔं फर्केर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ।
नजिकिँदै गरेको शिवरात्रिको अवसर पारेर सत्याकृत फाउन्डेशन अन्तर्गत भिडियो सार्वजनिक भएको हो।
आयातित संस्कार र परम्परामा भुलिरहेको नेपाली समाजलाई आफ्नै सनातन भावले सुसज्जित पार्ने उदेश्यका साथ उक्त गीत सार्वजनिक गरिएको ब्यान्डले जनाएको छ। नेपालका धार्मिक र सांस्कृतिक क्षेत्रहरुलाई उजागर गर्ने प्रयास भिडियाेमा गरिएको छ।
प्रजित लामाको स्वर, श्री हजुरको शब्द तथा गोपाल रसाइलीको एरेन्ज रहेको गीतमा सत्याकृत ब्यान्डकै निर्देशन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।