काठमाडौं– गौशालामा एक भारतीय नागरिकमाथि खुकुरी प्रहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषा घर भई पिंगलास्थान बस्दै आएका आताबुल रहिम, रवि यादव र सञ्जिव साह छन्। उनीहरुलाई महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले आइतबार साँझ पक्राउ गरेको हो।
उनीहरुले तिलगंगा पहेँलो पुल डेरा गरी बस्ने भारतीय नागरिक मोहमद अलवाज खानलाई पिंगलास्थानमा खुकुरी प्रहार गरी घाइते बनाएका थिए।
घाइतेको उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।