• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

केन्द्रीय समितिले बहुमतको आधारमा निर्णय गर्दा महासमिति बैठकको घोर अपमान : इतर समूह 

64x64
नेपाल लाइभ सोमबार, फागुन १३, २०७५  १२:२९
1140x725

काठमाडौं- नेपाली कांग्रेसकाे महासमिति बैठकमा गरिएको प्रतिवद्धताविपरीत विधानलाई केन्द्रीय कार्यसमितिले बहुमतबाट पारित गरेपछि दर्जन बढी नेताहरुले लिखित आपत्ति जनाएका छन्।

१० माघ देखि सुरु भई आइतबार सकिएको केन्द्रीय समितिको बैठकमा 'केन्द्रीय नेताहरु वडा तहबाटै निर्वाचित भई आउनुपर्ने' महासमितिको माग सुनुवाइ हुन सकेन। जिल्ला सभापतिहरु र बहुसंख्यक महासमिति सदस्यहरुले केन्द्रीय नेताहरु तल्लो तहबाट निर्वाचित भई महाधिवेशन प्रतिनिधि बन्नुपर्ने प्रस्ताव राखेका थिए। विधान संशाेधनका लागि बोलाइएको ‘मिनि महाधिवेशन’को भावनालाई लत्याउँदै पुरानै व्यवस्था कायम राखी विधान पारित भएको हाे।

सरकार विरोधी प्रदर्शनमा केन्द्रीय समितिको बैठक केन्द्रित भएपछि ९ फागुनको बैठकमा विधान संशाेधनको एजेण्डालाई प्रवेश गराउने तयारी गरिएको थियो। तर, संस्थापन इतर समूहका नेताहरुले संस्थापन पक्षको पुरानै प्रस्तावलाई निरन्तरता दिने अडानलाई मान्न तयार भएनन्। पार्टी सभापति शेरबहादुर देउवाको कार्यकक्षमा शीर्ष तहका नेताहरुको छलफलले कुनै निष्कर्ष पहिल्याउन नसकेसँगै बस्दै नबसी बैठक स्थगित गरिएको थियो।

आइतबार पनि सर्वसहमत विधान पारित गराउने प्रयासका लागि आन्तरिक छलफलमा नेताहरु जुटेका थिए। त्यसअघि शनिबार देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेललाई आफ्नै निवासमा बोलाई छलफल गरेका थिए। आइतबार ५ घन्टा बसेको पूर्व निर्धारित बैठकमा सहमति हुन नसकेसँगै देउवाले बहुमतबाट पारित गर्नेगरी विधानलाई निर्णयार्थ पेस गरेका थिए।

देउवाको प्रस्तावमा इतर समूहका नेताहरुले आपत्ति जनाउँदै लिखित असहमति राखेका थिए। फरक मत राख्नेहरुमा वरिष्ठ नेता पौडेलसहित कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु कृष्णप्रसाद सिटौला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र प्रसाद बडु, चन्द्र भण्डारी, नविन्द्रराज जोशी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, रामकृष्ण यादव, सरिता प्रसाईं लगायत छन्। 

‘केन्द्रीय पदाधिकारी, सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुने व्यवस्था खारेज हुनुपर्छ र स्थानीय तहबाटै केन्द्रीय पदाधिकारी एवम् सदस्यहरु निर्वाचित प्रतिनिधि भएर महाधिवेशन, महासमिति सदस्य हुनुपर्दछ भन्ने र समानुपातिक समावेशी सुविधा एकै व्यक्तिमा दोहोर्‍याउन हुन्न भन्ने महासमिति बैठकको आवाजलाई विधानमा सम्बाेधन नगरेको कुरामा सहमत हुन सकिएन’, लिखित फरक मतमा भनिएको छ।

महासमिति बैठकमा करिब चार दर्जन जिल्ला सभापतिहरुले हस्ताक्षर अभियानमार्फत नेतृत्वलाई दबाब दिएका थिए। केन्द्रीय नेताहरुलाई तल्लो कार्यसमितिप्रति अपनत्व गराउन विधानमा नयाँ व्यवस्थाको माग गरिएको नवलपुर जिल्ला सभापति विष्णु लामिछानेले बताए। महासमिति बैठकको एजेण्डा केन्द्रीय समितिले अनुमोदन नगरेपछि उक्त प्रस्ताव १४औं महाधिवेशनमा उठाउने बताए। सर्वसहमतबाट पारित नगरी बहुमतको आधारमा विधानलाई पारित गरिएकोप्रति इतर समूहले आपत्ति जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

फरक मतमा ‘पार्टीको विधान महासमिति बैठकमा व्यक्त भावनाबमोजिम केन्द्रीय कार्यसमितिबाट सर्वसम्मतिले परिमार्जन गरी पारित गर्नुपर्नेमा सो नगरी बहुमतबाट निर्णय गर्नाले पार्टी भित्रको बृहत एकता, पारस्परिक विश्वास र समझदारीमा चोट पर्न गएको छ’, उल्लेख गरिएको छ।

महासमितिको बैठकले तल्लो तहबाट पदाधिकारी तथा केन्द्रीय नेताहरु निर्वाचित हुनुपर्ने प्रावधानलाई दुई तिहाई भन्दा बढी मतले पारित भएको संस्थापन पक्षलाई स्मरण गराइएको छ। ‘यस्तो महत्वपूर्ण विषयलाई केन्द्रीय समितिको बहुमतबाट पारित गर्नु महासमितिको घोर अपमान भएको छ’, फरकमतमा नेताहरुले उल्लेख गरेका छन्। महासमितिले दिएको एजेण्डालाई वेवास्ता गरी बहुमतले निर्णय गर्ने प्रक्रियाप्रति नै इतर समूहका नेताहरुले आपत्ति जनाएका छन्।

केन्द्रीय नेताहरु तल्लो तहबाट चुनिन नसक्ने भयले पुरानै व्यवस्थालाई कायम राख्न संस्थापन पक्ष लागेको इतर समूहको भनाइ छ। केन्द्रीय सदस्य दिलेन्द्र बडुले संस्थापन पक्षका नेतालाई प्रश्न गरे, ‘वडा तहमा एक जना मात्रै निर्वाचित हुने होइन। केन्द्रीय नेता तलबाट निर्वाचित हुन डराउछन् भने कसरी केन्द्रीय नेता भए?’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उता संस्थापन पक्षकी केन्द्रीय सदस्य डिला संग्रौलाले भने जिल्ला सभापतिहरुले दिएको सुझावलाई केन्द्रीय समितिले मान्नै पर्ने बाध्यकारी नभएको जिकिर गरिन्।

आरक्षणको व्यवस्थालाई परिमार्जन गर्न महासमिति बैठकका सहभागीले जोड दिएका थिए। समूदायको लाभको लागि बनाइएको व्यवस्थाले पटक-पटक एउटै व्यक्तिले लाभ लिएको भन्दै परिमार्जनको माग गरिएको थियो। आरक्षणको व्यवस्था एकपटक मात्रै लागू हुनुपर्ने प्रस्ताव गरिएको थियो।

साथै, एक पदमा भएको व्यक्तिले आरक्षणको व्यवस्थालाई प्रयोग गरी दोहोरो पदभार लिएपछि पार्टीभित्र असन्तुुष्टि बढेको थियो। देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्मा भन्छन्, ‘आरक्षणको व्यवस्था दुईपटक उचित छ। आरक्षण समुदायको व्यक्ति खुलामा प्रतिस्पर्धा गर्दा खुलामा असर गर्छ।’

प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५  १२:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र... शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह नेपालका सङ्घीय सांसद डा. अर्जुन कार्कीले जलवायु परिवर्तनको असर न्यूनीकरण, विपद् उत्थानशीलता अभिवृद्धि तथा जलवायुजन्य क्षति र नोक्सान... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन् । आचार्यले २ हजार ६४८ मत... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्