संखुवासभा- संखुवासभाको खाँदवारी नगरपालिका-३ मा आइतबार श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
बेलुका साढे ७ बजे मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा खाँदवारी नगरपालिका-३ मा डेरा गरी बस्ने वर्ष ३८ का ध्रुव बिकले आफ्नै श्रीमती वर्ष ३२ की अन्जना बिकलाई धारिलो हतियार खुकुरी र चक्कु प्रहार गरेका थिए।
हतियार प्रहारबाट शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएकी बिकलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवबारी पठाइएको छ।
घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटिएर हतियार प्रहार गर्ने ध्रुव बिकलाई नियन्त्रणमा लिई खुकुरी र चक्कुसमेत बरामद गरेको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।