लन्डन- युरोपेली युनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)का विषयमा यसै साता संसदमा हुने भनिएको मतदान केही पर सर्नसक्ने बेलायतकी प्रधानमन्त्री थेरेसा मेले आइतबार बताएकी छिन्।
मतदानको दिन केही पर सर्ने सम्भावना भएपनि आगामी मार्च १२ सम्ममा संसद्मा मतदान गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले जनाएकी छिन्।
प्रधानमन्त्री मेले इजिप्टमा हुने युरोपेली तथा अरब मुलुकका नेताहरूको सम्मेलनमा सहभागी हुन जाने क्रममा भनिन्, 'हामीले ब्रेक्जिट सम्झौताका विषयमा हुने अर्थपूर्ण मतदानलाई यस साता गर्ने छैनौँ। तर यो आगामी मार्च १२ सम्ममा सम्पन्न हुनेछ।' रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।