काठमाडौं- आगामी फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानले सहभागिता नजनाउने भएको छ।
यसअघि सार्वजनिक भएको खेल तालिकाको समूह 'ए' मा रहेको पाकिस्तानले नखेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। यससँगै खेल तालिका परिवर्तन भएको छ। समूह 'ए' मा अब नेपाल, भुटान र बंगलादेशले मात्र प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपालले उद्घाटन खेल फागुन २८ मा भुटानसँग खेल्नेछ। नेपालले दोस्रो खेलमा चैत २ गते बङ्गलादेशसँग खेल्नेछ। प्रतियोगिताका सबै खेल विराटनगरस्थित शहीद रङ्गशालामा हुने छ। समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का रहेका छन्।
नयाँ खेल तालिका :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।