काठमाडौं– आफ्नै कार्यालय सिंहदरबारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपीशर्मा ओलीले दुई मन्त्री र कर्मचारीहरु कुराएको झन्डै दुई घण्टा (समाचार प्रकाशित भएको समयसम्म) भयो।
कृषिको वर्तमान अवस्था र भावी योजना बारे प्रधानमन्त्रीसँग प्रस्तुतीकरण भनिएको सो कार्यक्रम ११ बजे सुरु हुने भनिएको थियो। प्रधानमन्त्री समेत उपस्थित हुने भएकाले समयमै पुगेका मन्त्री र कर्मचारी भने प्रधानमन्त्रीलाई कुरिरहन बाध्य भएका छन्।
कार्यक्रममा कृषिमन्त्री चक्रपाणी खनाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्री पद्मा अर्याल लगायत सो मन्त्रालयका कर्मचारी उपस्थित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।