सुनसरी- गत फागुन ४ गते तातो दुधमा परेर घाइते ११ महिने बालिकाको उपचारको क्रममा मृत्यु भएको छ।
सुनसरीकाे ईटहरी उप-महानगरपालिका-१६ मा बस्ने ललन ऋषिदेवकी ११ महिने छोरी अनु खेल्ने क्रममा चुल्होमा तताई रहेको दुधमा परेर घाइते भएकी थिइन्।
दुधले पोलेर घाइते भएकी बालिकाको झुम्का मेडिकलमा उपचार भइरहेकोमा थप उपचारको लागि ११ गते शनिबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियाे। उनकाे उपचारका क्रममा प्रतिष्ठानमा राति साढे ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।