सर्लाही- यहाँ आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बहरथवा नगरपालिका–१६, गङ्गापुरमा ट्याक्टर पल्टिएर ब्याट्री सर्ट भई आगो लाग्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा हरिपुर नगरपालिका–१ का २५ वर्षीय राजेश महतो रहेको सर्लाहीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
शुक्रबार महतो आफैंले किनेर ल्याएको अन टेस्ट ट्याक्टरले खेत जोत्न जाँदै गर्दा नालामा ट्याक्टर पल्टिएको थियो। पल्टिएको ट्याक्टरबाट तेल चुहिन गई ब्याट्रीमा पुगेको र ब्याट्री सर्ट भएर आगो लाग्दा महतो जलेर गम्भीर घाइते भएका थिए।
घाइते महतोलाई उपचारका लागि चितवनको भरतपुर लाँदै गर्दा बाटाेमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।