लहान– प्रदेश २ सरकारले सिरहाको लहान नगरपालिकामा साढे २२ करोडको लागतमा शितभन्डार निर्माण गर्न थालेको छ। भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शनिबार शीभण्डारको शिलान्यास गरेका छन्।
प्रदेशका आठ वटै जिल्लामा शीतभण्डार निर्माण गर्ने भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कार्यक्रम अन्तर्गत सिरहाको लहान नगरपालिका ११, पडरियामा १ हजार ५ सय टन क्षमताको सितभण्डार निर्माणको काम सुरु भएको मन्त्री साहले जानकारी दिए।
प्रदेश सरकारको अनुदान सहयोग तथा सप्तरीको शुभनारायण कृषि व्यवसायिक फर्म विष्णुपुर १ को साझेदारीमा शीतभण्डार निर्माण हुनेछ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको शीत भण्डारका लागि १ बिघा जमिन लिजमा लिईएको फार्मका अध्यक्ष सुरेन्द्र यादवले बताए।
यसअघि गत फागुन २ गते सप्तरीको राजविराज नगरपालिका–१५ स्थित देउरी भरुवामा पनि शीतभण्डार सिलन्यास गरिएको थियो ।
संघीय सरकारको ६० प्रतिशत, संघसंस्थाको सेयर २० प्रतिशत तथा स्थानीय र प्रदेश सरकारको २० प्रतिशत लगानीमा निर्माण भईरहेको शीतभण्डारका लागि भ्याटबाहेक २७ करोड ४८ लाख खर्च अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।