जनकपुरधाम- प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले संघीय सरकारले प्रदेश सरकारलाई पोस्टम्यान बनाएको आरोप लगाएका छन्। साक्षर नेपाल वर्ष २०७६ र विद्यार्थी भर्ना अभियान सम्बन्धी प्रदेश स्तरीय अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
प्रदेश सरकारलाई कुनै जिम्मेवारी नदिएको गुनासो समेत उनले गरे। कार्यक्रममा उनले निरक्षर हुनु अपराध नभएको बताए।
‘समाजिक विकास मन्त्रालयअन्तर्गत नै शिक्षा विभाग भएकाले जनताले मलाई शिक्षामन्त्री भन्छन्, तर शिक्षाको मसंग कुनै अधिकार छैन, म कसरी शिक्षामन्त्री हुँ भनेर स्विकार गरूँ। तैपनि म भन्छु शिक्षा विकासको मेरुदण्ड हो। त्यसैले साक्षरता र भर्ना अभियानमा तपाई स्थानीय निकायका जनप्रतिनिधिहरु सहयोग गर्नुस्। त्यो तपाईकै अभिभारा हो,’ कार्यक्रममा बोल्दै उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।