उदयपुर– उदयपुरको रौतामाई गाउँपालिकामा शनिबार आगलागि हुँदा ५ घर जलेर नष्ट भएका छन्। आगलागीबाट ६६ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।
रौतामाई गाउँपालिकामा-४ डुम्रेस्थित कमल बहादुर कार्की, विदुर कार्की, दीपक कार्की, राजेन्द्र कार्की र ज्ञानबहादुर कार्कीको घर आगलागीबाट पूर्ण रुपमा जलेका छन्।
यसका साथै उनीहरुका ७ वटा गोठ तथा ५४ वटा पशुचौपाया समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयवासीको सहयोगमा करिब ६ घण्टापछि बेलुका ७ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।