गुवाहाटी– भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ महिला सहित २५ जनाको मृत्यु भएको छ।
देशको उत्तरपूर्वी राज्य असाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरूको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरूले जनाएका छन्।
भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ताभित्रमा विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको छ।
पछिल्लो घटनामा परी मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेको जनाइएको छ।
'मदिरा सेवन गरी बिरामी परेका गाउँलेलाई बचाउने हाम्रो प्रयास सफल हुन सकेन,' बिरामीको उपचारमा संम्लग्न जोर्हात मेडिकल कलेज अस्पतालका वरिष्ठ चिकित्सक गणेश बोहराले बताए।
'उनीहरूको मदीरा सेवन गरेको केही घण्टाभित्रै मृत्यु भएको छ,' चिकित्सक बोहराले भने।
बिहीबार राति स्थानीय मदीरा व्यापारीसँग घरेलु मदीरा खरिद गरी ल्याएका र राति नै खाएका तथा मदीरा सेवन गरेको केही समयमा नै उनीहरू बिरामी परेका स्थानीयले आफूलाई बताएका गोलघाट जिल्लाका वरिष्ठ अधिकारी धिरज दासले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।