• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

किन बन्याे भियतनाम ट्रम्प र किमबीचकाे दाेस्राे शिखर बैठक स्थल?

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १०, २०७५  ११:५९
1140x725

काठमाडाैं- आगामी हप्ता अर्थात् फेब्रुवरी २७ र २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच भियतमानमा दोस्रो चरणको शिखर वार्ता हुँदै छ।

यसअघि यी दुईबीच गत वर्ष सिंगापुरमा पहिलो शिखर वार्ता भएको थियो।

पहिलो शिखर वार्ता अमेरिका नजिक रहेको मानिने सिंगापुरमा भएको थियो भने दोस्रो शिखर वार्ता उत्तर कोरिया नजिक रहेको मानिने भियतमानको राजधानी हनोइमा हुन लागेको हो। अमेरिका र भियतनामबीच चिसो सम्बन्ध नभए पनि १९५० को दशकमा भएको अमेरिका र भियतनाम युद्ध विजयी भएको उत्तर भियतनामलाई उत्तर कोरियाको ठूलो समर्थन रहेको थियो।

सन् १९५५ नोभेम्बर महिनादेखि चलेको दक्षिण भियतनाम र उत्तर भियतनामबीचको युद्धमा दक्षिण भियतनामलाई अमेरिकाको अलावा जापान, दक्षिण कोरियालगायत देशको समर्थन प्राप्त थियो। उत्तर भियतनामलाई तत्कालीन सोभियत संघ, चीन, उत्तर कोरियालगायत देशको समर्थन थियो।

यस्तै १९५० कै दशकमा भएको कोरियाली प्रायद्विपको युद्धमा पनि भियतनामको संलग्नता थियो। भियतनामको संलग्नता यस अर्थमा थियो कि दक्षिण कोरियालाई दक्षिण भियतनामले सैन्य हिसाबमा सहयोग प्रदान गरेको थियो भने उत्तर कोरियालाई उत्तर भियतनामको समर्थन प्राप्त थियो।

भियतनाम र कोरियामा भएको दुबै युद्धको चुरो कारण पनि एकै थियो। उत्तर भियतनाम र उत्तर कोरियामा बढ्दो रुपमा रहेको कम्युनिजमलाई निश्प्रभावी बनाउने उद्देश्यका साथ अमेरिका लागि परेको थियो। तत्कालीन सोभियत संघ भने कम्युनिजमको पक्षपोषणमा लागेको थियो।

दोस्रो विश्वयुद्धपछि महाशक्ति बन्ने होडमा रहेका अमेरिका र सोभियत संघ १९५० को दशकमा आफू अनुकुलका देशसँग सम्बन्ध विस्तारका क्रममा रहेका थिए। जसका लागि दुबै अमेरिका र सोभियत संघ आफ्नो विचारसँग मेल खाने देशको समर्थन प्राप्त गर्न चाहन्थे। यसका लागि अमेरिका दक्षिण भियतनाममा आफ्नो प्रभाव विस्तार गर्न लागी परेको थियो भने सोभियत संघ उत्तर भियतनाममा केन्द्रित थियो।

Ncell 2
Ncell 2
nimb
nimb

मुलतः शितयुद्ध दुई परस्पर ध्रुवमा उभिएका अमेरिका र सोभियत संघबीचको वैचारिक लडाइँ थियो। शितयुद्धलाई वैचारिक भिन्नताको लडाइँ नभएको भन्नेहरुले 'सन् १९१७ बाटै तत्कालीन सोभियत संघका नेतृत्वकर्ता जोसेफ स्टालिनले सोभियतमा कम्युनिष्ट विचारधारलाई प्रश्रय दिएको अवस्थामा प्रजातान्त्रिक मूल्यमान्यतामा अघि बढेको अमेरिकाले दोस्रो विश्व युद्धमा सोभियत स‌घसँग किन साझेदारी गर्‍यो?' भनी प्रश्न उठाउँछन्।

अन्तर्राष्ट्रिय सम्बन्ध राष्ट्रिय स्वार्थले निर्देशित हुने कुरालाई मध्येनजर राख्ने हो भने दोस्रो विश्वयुद्धमा अमेरिका र सोभियत संघबीचको साझेदारीलाई बुझ्न अप्ठेरो हुँदैन। विश्व युद्धपछिको अवस्थामा अमेरिका प्रजातान्त्रिक मूल्यमान्यतालाई प्रोत्साहित गर्न चाहन्थ्यो भने सोभियत कम्युनिष्ट सिद्धान्तलाई। यसैक्रममा दुई देशको स्वार्थको कोपभाजनमा परेको थियो भियतनाम। भियतनाम युद्ध भियतनाममा अमेरिकी प्रभावलाई कम गर्ने उद्देश्यका साथ भएको थियो।

इतिहासमा भियतनाम युद्धलाई अमेरिकी विदेश नीतिको असफलताका रुपमा व्याख्या हुने गरेको अवस्थामा कम्युनिष्ट देश उत्तर कोरियाका नेता किमसँगको शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति भियतनाम प्रस्थान गर्न लागेका हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शिखर वार्तामा सहभागी हुन उत्तर कोरियाली नेता किम भियतनामको राजधानी हनोइ रेलमा जाने चर्चा चलिरहेकाे छ। उत्तर कोरियाको राजधानी प्योङयाङबाट करिब ३ हजार किलोमिटरको दुरीमा रहेको भियतनामको राजधानी हनोइ पुग्न उनलाई दुई दिन लाग्ने बताइएको छ। रेल यात्राको विषयमा चर्चा भएपनि यस विषयमा टुङ्गो भने लागिसकेको छैन।

यसअघि उत्तर कोरियाका नेता किमले गत वर्ष चीनको यात्राको क्रममा पनि रेल नै प्रयोग गरेका थिए। सन् २०११ मा उत्तर कोरियाको शक्तिमा आएपछिको पहिलो विदेश भ्रमणका क्रममा किम चीन प्रस्थान गरेका थिए। उचाईसँग डर लाग्ने भएका कारण उत्तर कोरियाका नेता किमले हवाई यात्रामा भन्दा रेल यात्रामा बढी जोड दिने बताइन्छ। किमभन्दा अघि उनका बुबा किम सोङले पनि लामो यात्राको क्रममा रेल नै प्रयोग गर्ने गर्थे।

उत्तर कोरियाले निर्माण गरेको बताइने आणविक अस्त्र निशस्त्रीकरणलाई अमेरिकाले वार्ताकाे प्रमुख मुद्दा बनाउने गरेकाे छ। शिखर वार्तामा पनि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर काेरियाले निर्माण गरेको आणविक अस्त्र निशस्त्रीकरणमा विशेष जोड दिएका थिए भने यसको बदलामा उत्तर कोरियाले आफ्नो सुरक्षा सुनिश्चितताका विषयमा जोड दिएको थियो।

यस्तै उत्तर कोरियाले संयुक्त राष्ट्र संघमा आफूमाथि लगाइएको आर्थिक नाकाबन्दी हटाउन अमेरिकासँग आग्रह गरेकाे थियो।

गत जुनमा भएको ट्रम्प र किम वार्तापछि सहमतिअनुरुप प्रकृया अघि नबढेको दुबै पक्षले एकअर्कालाई आरोप लगाउने गरेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग पहिलो वार्ताको क्रममा भएको सहमतिविरुद्ध उत्तर कोरियाले परमाणु अस्त्र निर्माणमा रोक नलगाएको भन्दै दोस्रो शिखर वार्ता नहुने बताएका थिए।

अमेरिकासँगको दोस्रो शिखर वार्ताअघि उत्तर कोरियाका ११ प्रतिनिधि केही समयअघि चीनको भ्रमणमा गएका थिए। यसअघिकाे वार्तापूर्व पनि उत्तर कोरियाका नेता किम चीन पुगी चिनियाँ राष्ट्रपति सि चिन फिङसँग भेट गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  ११:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक प्रदर्शनस्थल जन्तर मन्तरमा लगाइएको कडा सुरक्षा घेरा र बारहरू तोडेर प्रवेश गरेपछि प्रहरीले उ... मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्