काठमाडौं– चर्चित संगीत रियालिटी शो ‘नेपाली तारा’को सिजन–३ बाट एकाएक चर्चामा आएकी गायिका जलजला परियारको नयाँ गीत सार्वजनिक भएको छ।
उनीसँगै गायक क्रिस पिकेको समेत स्वर रहेको यो गीतले बाध्यताले विदेशिने नेपाली युवाको कथा बोल्छ।
निर्प प्रमोद जोशीको शब्द रहेको गीतमा म्यूजिक र एरेन्ज विशाल निरौलाको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा लोकदोहोरी क्षेत्रकी व्यस्त मोडल अञ्जली अधिकारीले अभिनय गरेकी छन्।
उनलाई अभिनयमा कुमार श्रीले साथ दिएका छन्। गीतको भिडियो निर्देशन सिर्जन बरालले गरेका हुन्।
‘हामीकहाँ विदेशिनु बहुसंख्यक नेपालीको बाध्यता हो । यही कटु यथार्थलाई हामीले गीतमार्फत भन्न खोजेका हौं। आशा छ, दर्शकले स्वीकार्नुहुनेछ,’ गीतका संगीतकार विशाल निरौलाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।