काठमाडौं– क्लोथ बैंक धनुषाले नगराइन नगरपालिका–७ का दलित बालिकाहरूलाई नयाँ कपडा वितरण गरेको छ।
क्लोथ बैंकले बुधबार देबडिहामा १० वर्षमुनिका ४५ जना महरा थरका बालिकाहरुलाई नयाँ कपडा वितरण गरेको हो।
क्लोथ बैंक धनुषाले प्रहरी उपरीक्षक शेखर खनाल, प्रहरी निरीक्षक अशोक झा, राजपा नेपालका स्थानीय नेता नबल किशोर झा, नेपाली कांग्रेसका स्थानीय नेता देवचन्द्र मिश्रा, युवा अभियानी दीपक मिश्रा, सफाइ अभियानी रुबि झा, स्थानीय बिरान महरा, देबडिहा थाना प्रमुख, पत्रकार प्रमोद साह, राजा झासहितको उपस्तिथिमा ४५ थान नयाँ कपडा वितरण गरिएको क्लोथ बैंकका अध्यक्ष राजीव झाले जनाएका छन्।
लता कपडा वितरण कार्यक्रममा क्लोथ बैंकका अध्यक्ष राजीव झाले गरिब तथा विपन्न परिवारलाई कपडा किन्नका लागि रकम नरहेको खण्डमा बैंकले सहयोग गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।